आज जनै पूर्णिमा, शुद्ध जनै प्रयोग गर्न आग्रह
काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा पर्व । देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन बाँधेर मनाइँदै छ । यसदिन वैदिक सनातन धर्मावलम्बीले स्नान गरेर गुरु पुरोहितबाट विधिपूर्वक मन्त्रिएको यज्ञोपवित (जनै) धारण गर्ने र रक्षासूत्र (रक्षावन्धन) बाँध्ने गर्छन् । खासगरी ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने धार्मिक विश्वास छ । तागाधारीले श्रावण शुक्ल पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुन्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको यज्ञोपवित (जनै) फेर्ने गर्दछन् । यसरी जनै र रक्षावन्धन धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
वैदिक एवं शास्त्रीय विधिअनुसार बनाइएका जनै र रक्षावन्धन पवित्र र शुद्ध हुनुपर्ने धार्मिक मान्यता छ । पछिल्लो समय बजारमा धर्म, संस्कृति र संस्कारलाई खलल पु-याउनेगरी वैदिक एवं शास्त्रीय विधिअनुसार नबनाइएका जनै र रक्षाबन्धनको बिक्रीवितरण बढेको गुनासो जनै उद्यमीले गर्दै आएका छन् ।
२०५८ सालदेखि वैदिक जनै एवं रक्षाबन्धन उत्पादन गर्दै आएका बुटवलका जनै उद्यमी आचार्य बुद्धिप्रसाद शर्माले पोलिस्टर धागो मिश्रित जनै र रक्षाबन्धन उत्पादन गरी बजारमा पठाई धर्म संस्कृतिमाथि नै प्रहार भएको बताएका छन् । शुद्ध जनै र रक्षाबन्धन सुती धागोबाट बनेको नौ सरा भएको हुनुपर्नेमा बजारमा पोलिस्टर मिसाइएको तीन सरा धागो भएको जनै आउने गरेको गुनासो शर्माको छ । हिन्दू धर्ममा जनैलाई ब्रह्मासूत्र धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । एउटा जनैको शिखामा रहेका तीन डोरालाई ब्रम्हा, विष्णु र महेश्वर तथा तीन डोरालाई कर्म, उपासना र ज्ञानको प्रतिकको योग मान्निछ ।
भारतबाट आउने जनै र रक्षाबन्धनका साथै नेपाली बजारमा समेत उत्पादन गरिने नक्कली जनै र रक्षाबन्धनलाई विस्थापित गर्ने उद्देश्यले आफूले उद्योग स्थापना गरेको आचार्य शर्माले बताए । जनैको शिखा पार्न र बाटने काम गर्न गाउँगाउँमा व्यक्तिलाई दिने गरिएको शर्माले बताए । उनले आफ्नो उद्योगमा काम गर्ने कामदार ब्राम्हण महिला भएको र उनीहरुले घरमै धागो लगेर फुर्सदमा जनै बनाउने बताए । यसरी बनाइएको जनैको शुद्धता आफैले परीक्षण गरी पठाउने गरेको बताए । उनले आफ्नो उद्योगले उत्पादन गरेको जनैमा उद्योगको नाम, सम्पादनकर्ताको फोन नम्बर र अन्य सम्पर्कका माध्यम सहित उपलब्ध गराएकाले ढुक्क भएर प्रयोग गर्न आग्रह गरेका छन् । जनै शुद्ध सुतिको हो वा होइन भनेर ल्याबमा परीक्षण गर्न सकिने वा तताएर थाहा पाउन सकिने पनि उनले जानकारी दिए ।
बुटवलको राममन्दिर लाइनमा रहेको राधाकृष्ण धागो उद्योगले करिब तीन सय जना व्यक्तिबाट जनै उत्पादन गर्दै आएको छ । वार्षिक २० लाख जनै उत्पादन गर्दै आएका शर्मा स्वदेशी जनै उद्योगबाट करोडौंको आयात रोक्ने अभियानमा लागेका छन् ।
शर्माले उत्पादन गरेको जनै अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनै, रक्षाबन्धन, लक्षबत्ती र अन्य पवित्र धागोहरु आपूर्ति गर्दै आएका छन् । शास्त्रीय र वैदिक जनैका सम्पादनकर्ता शर्माले जनै मन्त्रँदा सप्तऋषिलाई तर्पण दिई प्रत्येक डोरामा हुने नौ सराका तन्तु देवताहरु र शिखामा ब्रम्हा, विष्णु, महेश र जगत जननीको पूजा गरी गायत्री मन्त्रद्वारा मन्त्रित गरिनुपर्ने बताउँछन् । तर बजारमा यस्तो विधि नपुर्याई नाफा कमाउने उद्देश्यले उपलब्ध हुने जनैबाट बच्न आचार्य शर्माको आग्रह छ ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया