सोलुखुम्बु । धार्मिक तथा पर्यकीय क्षेत्र सोलुखुम्बुको दूधकुण्डमा मेला सुरु भएको छ । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका १ स्थित टाक्सिन्दुमा रहेको सो दूधकुण्डमा विगतमा झैँ यस वर्ष पनि जनैपूर्णिमा विशेष मेला सुरु भएको हो ।
समुद्री सतहबाट चार हजार छ सय ३२ मिटरको उचाइमा दूधकुण्डमा आन्तरिकलगायत विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । यसस्थलमा जनैपूर्णिमा वा धर्मसम्बन्धीको मेलामा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ भने अन्य समयमा विदेशी पर्यटकको समेत बाक्लो उपस्थिति हुने गरेको छ । सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तरमा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दूधकुण्ड भनिएको हो । जनैपूर्णिमा मेलामा हिन्दु मात्रै नभई बौद्धमार्गी, किरातीहरू समेत दूधकुण्ड पुग्ने गर्छन् । जनैपूर्णिमाको अवसरमा यस स्थानमा नुहाए पुण्य प्राप्त हुने जनविश्वास छ । पोखरीको अर्को छेउमा शिवलिंग छ । बुबाआमा भएकाले पूरै पोखरी नघुम्नु भन्ने प्रचलन पनि छ । यो तालका अतिरिक्त यसको आसपास गंगाजमुना, भूतपोखरी गरी १० वटा स–साना तालसमेत छन् । यहाँबाट नुम्बुर तथा कर्यालुङ हिमाललाई निल्यान सकिन्छ ।
सो स्थानमा जिल्ला सदरमुकाम सल्लेरी हुँदै टाक्सिन्दुको रिङ्मुसम्म यातायातमार्फत पुग्न सकिन्छ भने त्यहाँदेखि पैदल जानुपर्ने हुन्छ । यसको लागि केरुङ पाटी, सरकारी पाटी, कामीडाँडा, गाम्टाङ, जुम्ल्याहाखोला, सानो बेनी, सहस्र बेनी हुँदै दूधकुण्ड पुग्न सकिने स्थानीय फडिन्द्र कार्कीले बताए । यहाँ पुग्नलाई सहज होस् भनि ठाउँ–ठाउँमा अस्थायी होटलहरू समेत स्थापना गरिएका छन् । धेरैजसो अस्थायी टहरामा होटलहरू रहने हुनाले खानाको राम्रो व्यवस्था भए पनि सुत्नलाई भने स्लिपिङ ब्याग र बाक्लो ज्याकेटको चाँजो आगन्तुक आफैँले गर्नुपर्ने स्थानीय व्यवसायी डोल्मा शेर्पाको भनाइ छ । कामेडाँडामा रहेको नुम्बुर रिट्रेट नामक होटलमा भने जुनसुकै समयमा आउने यात्रीलाई राम्रो आवाससहितको व्यवस्था रहेको छिरी शेर्पाको भनाइ छ ।
यस्तै, नेपाली सेना दुर्गा बक्स गण सुरक्षा गुल्म सोलुखुम्बुले जनै पूर्णिमाको अवसरमा दूधकुण्ड जाने भक्तजनलाई लक्षित गरी निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ । निःशुल्क प्राथमिक स्वास्थ्य शिविरका लागि मेजर कुल्दिप कुवँरको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली दूधकुण्ड प्रस्थान गरेको छ । धार्मिक तीर्थस्थल दूधकुण्ड उच्च स्थानमा रहेकाले भक्तजनहरूको स्वास्थ्य र यात्राप्रति मध्यनजर गर्दै सेना शिविर सञ्चालन गर्न लागेको हो । साथै, उक्त क्षेत्रको सरसफाई समेत गर्ने मेजर कुवँरले बताए । शिविरमा औषधिसहित स्वास्थ्यकर्मी र अक्सिजनको समेत व्यवस्था गरिएको छ । साथै, मेलालाई लक्षित गरी भक्तजनलाई यात्रा सहज गराउन नेपाल रेडक्रस सोसाइटीले समेत नियमित शिविर सञ्चालन गर्दै आएको छ ।
मेला सुरक्षार्थ प्रहरी परिचालन : प्रसिद्ध तीर्थस्थल दूधकुण्ड मेला सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । मेला सुरक्षार्थ प्रहरी सहायक निरीक्षक(असई)को कमान्डमा सात प्रहरी परिचालित भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठका अनुसार मंगलबार नै सल्लेरीबाट प्रहरी टोली दूधकुण्डतर्फ प्रस्थान गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया