Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलगानीका लागि नेपाल उत्तम मुलुक : अमेरिकी सिनेटर होलन

लगानीका लागि नेपाल उत्तम मुलुक : अमेरिकी सिनेटर होलन


काठमाडौं । अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् । अमेरिकन च्याम्बर्स अफ कमर्स (एमच्याम)को आयोजनामा आयोजित कार्यक्रममा उनले नेपालमा पछिल्लो समय ऊर्जा, प्रविधि र पर्यटनलगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना देखेको बताए ।

कार्यक्रममा उनले नेपालमा लगानी भित्र्याउनका लागि आफूले समेत अमेरिकी लगानीकर्तालाई उत्प्रेरित गर्ने प्रतिबद्धता जनाए । अमेरिका र नेपालको पूरानो तथा गहिरो सम्बन्ध रहेको चर्चा गर्दै सिनेटर होलनले एमच्यामले नेपाल र अमेरिकी लगानीकर्ताबीच समन्वयकारी भूमिका खेल्न सक्ने बताए । कार्यक्रममा एमच्यामले आफ्नो प्राथमिकताका आधारमा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रबारे संक्षिप्त भिडियो प्रस्तुत गरेको थियो । ती भिडियोले नेपालमा यी क्षेत्रमा रहेको सम्भावनालाई निकै मिहीन ढंगले देखाएको सिनेटर होलनले उल्लेख गरे । ऊर्जाको क्षेत्रमा भर्खरै एमसीए नेपालले काम सुरू गरेको समेत उनले बताए । अमेरिकाले नेपालको ऊर्जा क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि उत्तिकै सहयोग गरेको उनको भनाइ छ । हेलनले नेपालमा लगानीको इको सिस्टम राम्रो र सहज वातावरण पनि भेटेको बताए ।

कार्यक्रममा अमेरिकी राजदूत आर थम्सनले नेपालमा एमच्यामले अमेरिकी लगानिकर्तालाई प्रभावकारी समन्वय गरिरहेको उल्लेख गरे । यस्तै, सोल्टी होटलका ऋषि चोपडाले अमेरिकी लगानीमा रहेको सोल्टी होटलले ग्लोबल क्षेत्रमा पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाबारे भिडियो प्रस्तुत गरेका थिए । यस्तै, मोतीलाल दुगडले मोघा इनर्जी कम्पनीको बारेमा र हेमपाल श्रेष्ठले प्याराकोस्मा आईटी कम्पनीबारे भिडियो प्रस्तुत गरेका थिए । कार्यक्रममा एमच्यामका अध्यक्ष अजित शाहले ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा नेपालमा एक्सप्लोर हुन बाँकी धेरै रहेको उल्लेख गरे । उनले नेपालमा यी क्षेत्रमा धेरै नै सम्भावना रहेको उल्लेख गर्दै अमेरिकाले यसतर्फ लगानी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा अमेरिकाको लगानीबारे विशेष चर्चा गरिएको थियो । नेपाल भ्रमणमा रहेका अमेरिकन सिनेटर होलनले नेपालका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दैछन् । सोही क्रममा एमच्यामका पदाधिकारी तथा सदस्यहरूसँग उनले छलफल गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया