Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने

किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने


काठमाडौं । पराष्ट्रमन्त्री नारायण प्रकाश साउदले सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथांका नाका चाँडै सञ्चालनमा ल्याइने बताएका छन् । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री साउदले किमाथांका नाका खोल्न चीन सरकार समेत सकारात्मक भएको बताए ।

किमाथांका नाकालाई स्तरवृद्धि गरेर पुनः सञ्चालनमा ल्याइने उनको भनाइ छ । यही सेप्टेम्बर २३ मा हुने प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा किमाथांका नाका खुलाउने विषयलाई पनि ‘एजेन्डा’मा राखिएको उनले बताए । ऐतिहासिक किमाथांका नाकाबाट पूर्वको व्यापार व्यवसायलाई पनि प्रत्यक्ष फाइदा पुग्ने भएकाले चीन भ्रमणमा प्राथमिकतामा राखिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

किमाथांकामा सडक तथा ट्रान्समिसन लाइन निर्माणका लागि पनि चीन सरकार सकारात्मक रहेको पनि उनले बताए । किमाथांका नाका खुलाउन चीन सरकारसँग पहल गरिदिन सङ्खुवासभाका जनप्रतिनिधि र सरोकारवाला निकायले यसअघि नै प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदलाई ज्ञापनपत्र बुझाएका थिए । यसअघि प्रचलनमा नै रहेको यो नाका कोरोना महामारी आएसँगै चीन सरकारले बन्द गरेको थियो । नाका बन्द हुँदा भोटखोलामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको संकट भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया