काठमाडौं, सेयर बजार परिसुचक दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १० दशमलव २३ अंकले उकालो लागेर १९ सय ४२ दशमलव ६८ बिन्दुमा कायम रहेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३२ अंकले उकालो लागेर तीन सय ७३ दशमलव ९० बिन्दुमा चढ्न सफल भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७६ वटा कम्पनीहरुको सेयर खरिदल बिक्री भएका छन् । जसबाट ३३ जार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ रुपैंयाँ कायम हुन पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबार भएका १३ वटा उपसमुहहरु मध्ये जलबिद्युत उपसमुहको सुचक ओरालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, लघुवित्त, उत्पादनमुलक, अन्य र टे«डिङ सहितका सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।
क्याटेगोरी : शेयर बजार, समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया