Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनाडा अटो सोमा पाँच सय ‘टाटा टियागो ईभी’ बुकिङ

नाडा अटो सोमा पाँच सय ‘टाटा टियागो ईभी’ बुकिङ


काठमाडौँ । नाडा अटो सो २०२३ मा पाँच सय वटा टाटा टियागो ईभीे बुकिङ भएको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ २६ गतेबाट ३१ गतेसम्म आयोजना भएको १५ औँ संस्करणको नाडा अटो सो २०२३ मा सबैभन्दा बढी टाटा टियागो ईभी बुकिङ भएको जनाएको छ ।

कम्पनीले टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पञ्च प्रदर्शनीमा सार्वजनिक गरेको थियो । सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँमा नेपाली बजारमा सार्वजनिक गरिएको टियागो ईभीको अटो सोको छ दिनमा पाँच सयभन्दा धेरै बुकिङ भएको कम्पनीले जनाएको छ । साथै, नाडा अटो सोमा नै लन्च गरिएको टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पञ्चको बुकिङ पनि उल्लेखनीय रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले जानकारी दिए । नाडा अटो सोमा अटो पारखीले टाटा मोटर्सका गाडीमा देखाएको चासोले थप ऊर्जा थपिदिएको उनले बताए ।

कम्पनीका अनुसार सर्वाधिक बुकिङ भएको टियागो ईभीमा पाँचवटा मुख्य विशेषताहरू रहेकोे कम्पनीले जनाएको छ । जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायी सुविधा रहेको कम्पनीको दाबी छ । क्रुज कन्ट्रोलसहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषता रहेको बताइएको छ ।

यस्तै, अर्को गाडी नेक्सन ईभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४० दशमलव पाँच किलोवाट र रेञ्ज चार सय ५३ किलोमिटर रहेको छ । टियागो ईभी जस्ता अत्याधुनिक जिप ट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोललगायत अन्य विशेषताहरू भएको नेक्सन ईभी एक्स जेट प्लसले अरूभन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्र्छ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सनजस्ता व्यवस्थाहरू छन् ।

त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेञ्जअन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरू हुन् । आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन् । नयाँ युग सुहाउँदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकको बदलिँदो इच्छा एवम् आकांक्षाको परिपूर्ति गर्छ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयुभीरूपमा पनि परिचित छ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया