Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमकवानपुरमा ‘लकडाउन’ थप कडाइ, सबै नाका बन्द

मकवानपुरमा ‘लकडाउन’ थप कडाइ, सबै नाका बन्द


हेटौडा, वैशाख २४
देशभर कोरोनाको संक्रमित बढेसँगै मकवानपुरमा पनि मंगलबारदेखि लकडाउनमा थप कडाइ गरिएको छ । साथै मकवानपुरमा प्रवेश गर्नुपरेमा अनिवार्य पीसीआर परीक्षण गनुपर्ने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले यसअघि बाहिरी जिल्लाबाट आउनेको -यापिड टेस्ट गर्ने गरिएको भए पनि अब पीसीआर परीक्षणपछि मात्रै जिल्ला भित्रिन पाउने निर्णय गरेको बताए । साथै अत्यावश्यक सामग्री ढुवानीबाहेकका सबै सवारी साधनलाइ मकवानपुरमा प्रवेश गर्न रोक लागाउने निर्णय गरिएको छ ।

यो निर्णयले हेटौडा हुँदै रातारात काठमाडौँ प्रवेश गर्ने बसहरू रोकिने भएका छन् । मकवानपुर जिल्ला औधोगीक नगरी पनि भएकोले यहाका उद्योग सञ्चालनलगायत विकास निर्माण र कृषि कार्यको लागि अति आवश्यक मानिस आउनु परेमा पनि अनिवार्य पीसीआर परीक्षण गरी प्रवेश दिइने प्रमुख खुलालले बताए ।

पासको दुरूपयोग रोक्न विकास निर्माणमा प्रयोग हुने सवारी साधनलाई सिफारिस दिँदा स्थानीय तहको प्रमुख वा प्रशासकीय अधिकृतले मात्र दिनुपर्ने निर्णय गरिएको छ । सिफारिस गर्दा सत्यतथ्य बुझी सवारी साधनको नम्बर, कामको प्रकृति र प्रयोजनसमेत खुलाई त्यसको जानकारी जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यलयमा समेत अनिवार्य जानकारी गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x