Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचार जनाविरुद्ध राजस्वको मुद्दा

चार जनाविरुद्ध राजस्वको मुद्दा


काठमाडौँ । राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड बढी बिगो कायम गरी सोमबार मुद्दा दर्ता गरेको छ । विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरूमध्ये पवन र अरुण भने फरार रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको विआर ७ सि ४२२४ नंको कारलाई रोकी जाँच गर्ने क्रममा उक्त कारको चालक बस्नेतर्फको दुईवटा सिटमुनि एक हजार दरका तीन हजार चार सय थान थान (३४ लाख) र पाँच सय दरका दुई हजार थान (१० लाख) फेला पारी राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।

त्यसपछि विभागले गरेको सूक्ष्म अनुसन्धानमा प्रतिवादीहरू प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र अरुण यादवसमेतको मिलेमतोमा गैह्रकानुनी रूपमा इजाजत प्राप्त नगरी प्रतिवादी प्रेमकुमार यादवले भारतीय नागरिक राजकुमार पासवानबाट उक्त रकम आएको पाइएको अधिकारीले बताए ।

विभागका अनुसार राजकुमार पासवानबाट प्राप्त गरी अन्य प्रतिवादीहरूलाई दिन बुझाउन बाँकी रहेको रकम ८३ लाख ३८ हजारसमेत गरी जम्मा एक करोड २७ लाख ३८ हजार बरामद गरिएको थियो । अनुसन्धानका क्रममा प्रतिवादी अरुण यादवको हकमा आठ करोड करोड ६५ लाख ६० हजार र प्रतिवादी पवनकुमार यादवलाई पाँच करोड आठ लाख ८८ हजार गरी जम्मा बिगो १५ करोड एक लाख ८६ हजार आठ सय बराबरको रकम अवैधरूपमा कारोबार गरेको विभागको दाबी छ । रासस


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया