भिसा र एमसीओ समाप्त भएका विदेशीलाई मलेसिया छाड्न आग्रह
प्रवीण राउत
काठमाडौं, वैशाख २६
मलेसिया सरकारले भिसा समाप्त भएका विदेशी नागरिकहरुलाई आवागमन नियन्त्रण आदेश (एमसीओ)को अवधि समाप्त भएको १४ दिनभित्र आफ्नो मुलुक फिर्ता हुन अनुमति प्रदान गर्ने भएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार मलेसियाको अध्यागमन विभागले बिहीबार एक सूचना जारी गर्दै मलेसियामा रहेका जनवरी १, २०२० देखि भिसा समाप्त भएका विदेशी नागरिकहरुलाई एमसीओको अवधि समाप्त भएको १४ दिनभित्र हवाइ टिकटसहित आफ्नो मुलक फिर्ता हुन अनुमति प्रदान गरेको बताएको छ । यसरी फिर्ता हुन चाहनेहरुले अध्यागमन विभागको कार्यालयमा थप कागजात वा कुनै पास बनाउनु नपर्ने र कुनै किसिमको जरिवाना समेत तिर्नु नपर्ने जनाएको छ ।
विभागले कोरोना भाइरस (कोभिड १९) का कारण मलेसियामा रहेका जनवरी १ देखि भिसा समाप्त भएका तथा एमसीओ समाप्त भएको १४ दिनभित्र नेपालीसहित विदेशी नागरिकहरुलाई मलेसियाबाट फिर्ता हुन आग्रह गरेको हो । एमसीओको अवधि सुरु हुनुभन्दा पहिले वा एमसीओ लागू भएको अवधिमा भिसा समाप्त हुनेहरुले भिसा नियमित गर्नुपर्ने भएमा एमसीओको अवधि समाप्त भएको ३० कार्यदिनभित्र गर्न पाइने विभागले जनाएको छ । यो कार्य अध्यागमन विभागको पुत्रजयास्थित मुख्यालयमार्फत गर्नुपर्ने भएमा अग्रिम रुपमा पावरक्यु फोन एपमार्फत समय लिएर गर्नुपर्नेछ । यो पावरक्यु एप ‘डब्लुडब्लुडब्लु डट पावरक्यु डट माई(एमवाई)’ वा मोबाइल फोनको प्लेयस्टोर र एपस्टोरबाट डाउनलोड गर्न सकिनेछ ।
यस्तै विभागले यसका लािग सम्बन्धित सबैले आफनो कम्पनीको आधिकारिक व्यक्तिसँग सम्पर्क गर्न समेत आग्रह गरेको छ । विदेशी नागरिकको भिसासम्बन्धी सम्पूर्ण कार्यहरु अनलाइनमार्फत अग्रिमरुपमा समय लिएर मात्र गर्न पाइने जनाएको छ भने अग्रिमरुपमा अनलाइन समय नलिई सिधै उपस्थित भई आवदेन गर्न नपाइने समेत बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया