रुपन्देहीमा सवारीसाधन दुर्घटना बढ्यो
बुटवल । पछिल्लो समय रुपन्देहीमा सवारीसाधन दुर्घटनाको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका पछिल्ला तीन वर्षमा धेरै नै सवारी दुर्घटना भएका छन् ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ सालमा दुई सय ४३ वटा सवारीसाधन दुर्घटनामा परेका थिए भने आव २०७८/७९ मा दुई सय ४४ वटा र आव २०७९/८० सालमा दुई सय २१ गरी तीन आर्थिक वर्षमा सात सय आठवटा सवारीसाधनहरू दुर्घटनामा परेका छन् ।
सबैभन्दा बढी मोटरसाईकल दुर्घटनामा परेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त सवारी दुर्घटनाबाट तीन आर्थिक वर्षमा दुई सय ५९ जनाको मृत्यु भएको छ भने चार सय दुई जना गम्भीर घाइते भएका थिए । कार्यालयको तथ्याङ्कअनुसार चालकको लापरवाहीले ५४ वटा, यात्रुको गल्तीले चार वटा, ओभरटेकका कारण पाँच वटा, तीव्र गतिका कारण दुई सय ५१ वटा, मापसेका कारण सात वटा, यान्त्रीक गडबडीका कारण सातवटा, ओभरलोडका कारण तीनवटा, सडकको अवस्थाका कारण मौसमको अवस्थाका कारण दुईवटा सवारी साधन दुर्घटनामा परेका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश, समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया