सोलुमा तामाको डालीको खपत बढ्यो
सोलुखुम्बु । नेपालीहरुको महान् चाड बडादशैँ तथा चेली र माइतीबीच सद्भावको चाड तिहार नजिकिएसँगै सोलुखुम्बुमा तामाका डालीको व्यापार दोब्बरले बढेको छ । दशैँमा टीका लगाइदिएपछि चेलीबेटीहरुलाई आफन्तजनहरुले तामाको डाली उपहार दिने चलन रहेको छ ।
दशैँतिहारमा माइतीले चेलीलाई उपहार दिन तामाबाट बनेको डाली खरीद गर्नेको संख्या बढेको व्यापारीहरुले बताएका छन् । तिहारमा भाइटीकापछि माइतीले चेलीलाई उपहारस्वरुप तामाको डाली दिने चलन बढेसँगै व्यापारमा वृद्धि भएको सल्लेरीका सुब्बे विश्वककर्माले बताए । सोहीअनुसार जिल्ला सदरमुकामस्थित नयाँबजार, नेलेबजार, पत्तालेबजार, नेचाबिहीबारेलगायतका साप्ताहिक हाटहरुमा डाली खरिद गर्नेहरु बढेको व्यापारीहरु बताउँछन् । केही दिनयता सल्लेरी बजार क्षेत्रका तामाका पसलहरुमा क्रेताको आर्कषण बढेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया