Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबिरामी ठगेपछि नर्भिक हस्पिटलसँग लिखित जवाफ माग

बिरामी ठगेपछि नर्भिक हस्पिटलसँग लिखित जवाफ माग


काठमाडौं, वैशाख ३०
लकडाउनको मौका पारेर बिरामी ठगी गरेपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ । स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको हो । उक्त अस्पतालले आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपीडी सेवामा सात सय ५० लिएको भेटिएपछि जवाफ माग गरिएको हो । पाँच सय रुपैयाँबाट बढाएर सात सय ५० रुपैयाँ लिएको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x