१४ अर्ब १८ करोडको ट्रेजरी बिक्री
काठमाडौं, वैशाख ३०
नेपाल राष्ट्र बैंकले १४ अर्ब १८ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्ममा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । जारी मिति वैशाख ३० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको १२ अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब आठ करोड रुपैयाँ रहेको छ ।
सोमध्ये २८ दिने अवधिको परिपक्व हुुने मिति वि.सं. २०७७ साउन २७ गते, एक सय ८२ दिने अवधिको टे«जरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ कात्तिक २५ गते र तीन सय ६४ दिने टे«जरीको परिपक्व हुुने अवधि वि.सं. २०७८ वैशाख २८ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही वैशाख २३ गते पनि राष्ट्र बैंकले दुुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया