Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटकीय गन्तव्य बन्दै कैलाश गुफा

पर्यटकीय गन्तव्य बन्दै कैलाश गुफा


आशिषबहादुर सिंह
बझाङ, वैशाख ३१
बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नः १ मा पर्ने कैलाश गुफा लकडाउनको बेला पर्यटकको गन्तव्य बन्दै गएको छ । सदरमुककाम चैनपुरदेखि करिब ९ घन्टा पैदल यात्रामा पुगिने कैलाश गुफा निकै मनमहोक र मनै लोभ्याउनेछ । यहाँ हरियाली पाटन, घना जंगल, बुट्टा भरेजस्तै ढुङगा, रंगीविरंगी चरा तथा जंगली जनावर देख्न पाइन्छ ।

कैलाश गुफा लकडाउनको समय बिताउन आन्तरिक पर्यटकहरूको पहिलो रोजाइमा परेको छ । कैलाशका धनबहादुर सिंहले सुरु भएदेखि नै कैलाश गुफा जानेको सख्या बढ्दै गएको बताए । खान बस्नलाई उचित व्यवस्था राम्रो नहुँदा यहाँ जाने पर्यटकहरू चाउचाउ बिस्कुट खाएर तीन चार दिनसम्म बस्ने गरेको लोकराज खड्काले बताए । खान बस्नलाई राम्रो व्यवस्था भए १० दिनको यात्रा तय गरेर यहाँ पर्यटक आउने उनले बताए । उक्त क्षेत्रबाट बझाङ जिल्लाको आधा भन्दा बढी भू–भाग, बाजुराको आधा भू–भाग, बैतडी, डोटी, हुम्ला, खप्तड पाटन र साइपाल हिमाल सजिलै देख्न सकिने भएकाले पर्यटकलाई यस क्षेत्रले लोभ्याउने यहाँ घुम्न गएको कुबेर सिंहले बताए ।

कैलास गुफामा केही वर्ष पहिला मात्र कैलाशका निल गगन रोशन सिंहको पहलमा पूजापाठ गरेपछि यसको प्रचारप्रसार भएको स्थानीय बताउँछन् । कैलाशमा शिव र पावर्ती बास बस्ने भएकाले शुद्व मनले पूजा आरधना गरेपछि आफूले चाहेको मनोकामना पूरा हुने धार्मिक विश्वास पनि रहेको छ । यस क्षेत्रमा जान जयपृथ्वी नगरपालिकाको कैलाश पिमी हुँदै चौडान बुढासिम मार्ती आगलाग्यासम्म र त्यहाँबाट साग्र्या पाटन हुँदै कैलाश गुफा र कुण्डमा पुन्न सकिन्छ । गुफाभित्र चरा चुरुङ्गीका गुँड, पानीका कुण्ड हेर्दा एकान्तबासको महसुस हुने पर्यटकको बुझाइ छ । यस क्षेत्रमा बाह्य मानिसको आवतजावत धेरै नहुने भएकोले पनि घुम्नको लागि सुरक्षित जग्गा भएको घुम्न जाने आन्तरिक पर्यटनको बुझाइ रहेको छ ।

प्रचारप्रसारको अभावले ओझेलमा परेको कैलाश गुफाको अझै पनि विकास हुनचाहिँ सकेको छैन । स्थानीय सरकारले ठाउँ–ठाउँमा खानेपानीका धारा, बाटो चिनाउने चिह्न, बोड, घुम्न आएका पर्यटकलाई खान, बस्नको व्यवस्था मिलाउन सके जयपृथ्वी नगरपालिकाको मात्र नभई जिल्लाको नै विकास हुने जानकारहरू बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x