Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले हृयाम्स अस्पतालबाट नियमित सेवा दिने

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले हृयाम्स अस्पतालबाट नियमित सेवा दिने


काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालाले ह्याम्स अस्पतालमा पुनः सेवा दिने भएका छन् । डा. कोइरालालाई अस्पतालका अध्यक्ष आरएस भण्डारी, कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मालगायतले आइतबार एक कार्यक्रमका बीच अस्पतालमा स्वागत गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुनुपूर्व अस्पतालको प्रमुख सल्लाहकार रहेका डा. कोइरालाले काउन्सिलको जिम्मेवारी सम्हाले लगत्तै ह्याम्सबाट सेवा बन्द गरेका थिए । काउन्सिलमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरिसकेपछि डा कोइराला पुनः ह्याम्समा फर्किएका हुन् । अब उनले ह्याम्समा प्रत्येक दिन दुई बजेदेखि सेवा दिने छन् ।

अस्पतालका अध्यक्ष आरएस भण्डारीले ह्याम्स अस्पताल सम्पुर्ण मुटु उपचारको उत्कृष्ट केन्द्रका रूपमा सञ्चालन भएको बताए । उनले मुटुको सबै विधाका दक्ष र अनुभवी चिकित्सकहरूको टिम ह्याम्स रहेको दाबी गरे । गत साउन ९ गतेबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट उमेरका कारण अवकाश पाएका डा कोइराला अवकाशपछि अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको शैक्षिक कार्यक्रममा भिजिटिङ प्रोफेसरका रूपमा समेत आबद्ध छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया