Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप २६ मा कोरोना सङ्क्रमण

थप २६ मा कोरोना सङ्क्रमण


काठमाडौं, जेठ १
कोभिड १९ को सङ्क्रमण बुधबार २६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा साँझ नयाँ २४ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । योसँगै सङ्क्रमितको सङ्ख्या २ सय ४३ पुगेको छ । बुधबार दिउँसोमात्र बाँके र कपिलवस्तुमा दुई जना सङ्क्रमण देखिएको थियो ।

बुधबार भेटिएकामा रुपन्देहीका १२, कपिलवस्तुका आठ, पर्साका तीन र नवलपरासीका एक जना रहेका छन् । नयाँ सङ्क्रमितमा २० जना पुरुष र चार जना महिला रहेका छन् । नयाँ सङ्क्रमितमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षीय पुरुष र ४, १० र २८ वर्षीया महिला रहेका छन् । यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुष रहेका छन् । नयाँ सङ्क्रमितमा पर्साका ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिला तथा नवलपरासीका ३६ वर्षीय पुरुष रहेका छन् । मङ्गलबार अहिलेसम्मकै धेरै सङ्ख्यामा ८३ मा सङ्क्रमण देखिएको थियो ।

सरकारले कोरोना भाइरस रोकथाम परीक्षण प्रणालीलाई विस्तार गरेको छ । हालसम्म पीसीआर परीक्षण २१ हजार ३४० र आरडीटी ६० हजार ३१९ व्यक्तिमा गर्न सफल भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर दुई हजार ३५७ र आरडिटी ६९२ को परीक्षण सम्पन्न गरेको छ । हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा २४५ छन् भने ३५४ जना रेड जोनमा छन् । कोरोनाको सम्भावित जोखिममा १५८ छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x