दोलखाका स्थानीय तहले भूकम्पपीडितलाई २० लाख सहयोग गर्ने
दोलखा । दोलखाका स्थानीय तहले जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्पपीडितलाई २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् । जिल्ला समन्वय समितिको कार्यालयमा बसेको स्थानीय तहका प्रमुख÷उपप्रमुखको बैठकले सो निर्णय गरेको हो ।
जिल्लामा दुई नगरपालिकासहित ९ वटा पालिका रहेका छन् । दुई नगरपालिकाले ३÷३ लाख रुपैयाँ र सात वटा गाउँपालिकाले २÷२ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले जानकारी दिए । उनका अनुसार सबै स्थानीयतहले रकम जम्मा गरी एकमुष्टरूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो धनजनको क्षति भएको बताइएको छ । भूकम्पबाट दुई जिल्लामा गरी एक सय ५७ जनाको मृत्यु हुनुको साथै एक सय ६६ जना घाइते भएका थिए भने सयौं घर र दर्जनौं विद्यालय ध्वस्त भएका छन् । यस्तै, दोलखाको श्यामा निवासी नेपाली कांग्रेसका नेता जिपछिरीङ शेर्पाले पनि भूकम्पपीडितलाई ११ लाख रुपैयाँ सहयोग गरेका छन् ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया