Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउन’लाई निरन्तरतासँगै कडाइ गर्न आवश्यक

‘लकडाउन’लाई निरन्तरतासँगै कडाइ गर्न आवश्यक


काठमाडौं, जेठ १
कोरोना नियन्त्रण तथा रोगथाम उच्चस्तरीय समितिले गरेको सिफरिस र निर्णयलाई सरकारले कार्यान्वयण गर्न गर्दा मुलुक नै बबार्दी र जोखिममा पर्नसक्ने संकेतहरू मिल्न थालेका छन् । यही कुरालाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार लकडाउनलाई खुकुलोभन्दा पनि अझै कडा बनाउनुपर्ने अभिव्यक्ति दिएका छन् । आइतबारदेखि काठमाडौँ उपत्यकाभित्र बढेको सवारी चाप र मानिसहरूको आवगमनलाई लिएर प्रधानमन्त्री ओलीले यसरी चासो लिएका हुन् ।

प्रधानमन्त्री ओलीको असन्तुष्टी र चासो कोरोना संक्रमणको त्रास मुलुकमा कम भइनसकेको अवस्थामा लकडाउनलाई खुकुलो पार्दा संक्रमितको संख्या बढनसक्ने र जनधनको ठूलो क्षति हुनसक्नेतर्फ लक्षित थियो । मरिसकेपछि सुनको बाकसभित्र राखे पनि त्यसको कुनै अर्थ नरहने भन्दै अर्थतन्त्र धारासयी भए पनि सुरुमा त मानिसलाई बचाउनु नै प्रमुख विषय रहेको प्रधानमन्त्री भनाइ छ ।

प्रधानमन्त्री ओलीले यसरी असन्तुष्टी जाहेर गरेको दिनमा नै मुलुकभर एकैदिन झण्डै एक सयको हाराहारीमा कोरोना संक्रमित देखा परेका थिए । सरकारले २८ गते आइतबारदेखि लागू हुनेगरी लकडाउनलाई केही खुकुलो पार्दै अत्यावश्यकसहित कुल ४१ किसिमका सेवाहरू सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सरकार यसरी लचिलो बनेको तीन दिन नबित्दै संक्रमितको संख्या हवात्तै बढेको छ । लकडाउनको ५० दिनको अवधिमा भन्दा पनि यो हप्ता संक्रमितको संख्या त्यसरी हवात्तै बढेको हो ।

लकडाउनलाई बिस्तारै खुकुलो पार्दै लैजाने र अर्थतन्त्रलाई चलायमान गराउने सरकारको योजना रहेको थियो । तर, सरकारले अगाडि बढाएको योजनाले थोरै पनि मुर्तरूप लिन नपाउँदै संघीय राजधानीसमेत रहेको उपत्यकाभित्रै कोरोना संक्रमित बिरामी फेला परेपछि सरकारको निर्णय फितलो सावित हुँदै जान थालेको छ । यसले सरकारलाई थप धक्का दिएको छ । नजानिदो र आश्चर्यजनकरूपमा अहिले संक्रमितको संख्या बढ्दै जान थालेका छन् ।

सरकार लकडाउनप्रति केही लचिलो बन्ने संकेत गरेपछि काठमाडौं उपत्यकामा सवारी साधनको चाप पनि हवात्तै बढ्न थालेको छ । झण्डै पौने दुई महिनादेखि सुनसान रहेको राजधानीमा अहिले सवारी साधनको चाप र संख्या बिस्तारै बढन थालिसकेका थियो । सवारी पास लिएर राजधानी छिर्नेहरूको संख्या क्रमशः बढ्न थालेको र संक्रमितको संख्या पनि वृद्धि भएसँगै सरकारले जेठ १ गतेबाट सवारी लागू हुनेगरी सवारी पास नै रद्द गर्ने निर्णय गरिसकेको छ । यसअघि नै जेठ १८ गतेसम्म हवाइ यातयात र सीमा नाकालाई यथावत अवस्थामा राख्ने निर्णय सरकारले गरिसकेको छ ।

यतिका दिनसम्म पूरै मुलुकुलाई लकडाउन राख्दासमेत संक्रमण घटनुको सट्टा क्रमशः बढ्नुमा सरकारको कमजोरी रहेको भनाइ बाहिर आएका छन् । सरकारले पर्याप्तरूपमा चेकजाँचलाई बढी ध्यान दिन आवश्यक थियो । तर, परीक्षण विधिमा ध्यान नै पु-याउन नसकेको भन्दै सरकारको आलेचना पनि त्यतिकै भइरहेको छ । मुख्य गरी परीक्षणका लागि आवश्यक सामग्रीको अभाव त छ नै संक्रमण बढ्नुको मुख्य कारण लकडाउनलाई पनि कडाइका साथ कार्यान्वन गराउन नसक्नुमा सरकारको कमजोरी रहेको जानकारहरूले बताएका छन् । स्वाथ्यविदहरू र जानकारहरूको पनि भनाइ पनि त्यस्तै किसिमको रहेको छ । सरकारले संक्रमन फैलन नदिन र रोक्नको लागि व्यवस्थापन गर्नुपर्ने आवश्यक चेकजाँच अनि किटहरू समयमा उपलव्ध गराउन नसकेको जन गुनासोहरू बढिरहेका छन् ।

प्रदेश सरकाहरूले पनि स्वास्थ्य सामग्री र किटको अभावको कारण आवश्यक पर्याप्त संख्यामा परीक्षण गर्न नसकिरहेको बताउँदै आएका छन् । केन्द्रीय सरकारले पनि यो कुरालाई स्वीकार गर्दै सामानको अभाव हुन नदिने आश्वासन दिँदै आएको भए पनि अहिलेसम्म पनि त्यो पूरा गर्न सकिरहेको छैन । अहिलेसम्म १७ हजार आठ सय नौ जनाको मात्र पीसीआर विधिबाट परीक्षण भएको बताइएको छ । -यापिड टेस्टको संख्या केही उलेख्य रहे पनि यो विधि भरपर्दो नभएको बताइएको छ । नेपालको जनसंख्या पौने तीन करोड रहेको अनुमान छ । यीमध्ये पनि लाखौँ संख्यामा नेपालीहरू रोजगारीको सिलसिलामा विदेशमा रहेकोले पनि हाल मुलुकभित्र यति नै संख्या छ भन्ने एकिन डाटा सरकारसँग छैन ।

हाल नेपालमा रहेको जनसंख्यामा पनि यही धिमा गतिले परीक्षण गर्ने हो भने यसले कति समय लेला र संक्रमितको आँकडा बाहिर आउला अहिले नै यसै भन्न सकिने अवस्था छैन । भइरहेको परीक्षण विधि पनि ढिलो र प्रभावकारी नभएकोले पनि संक्रमितको संख्या पत्ता लाग्न निक्कै ढिला भइरहेको बताइएको छ । यसकारण गर्दा पनि संक्रमितको सही र एकिन तथ्याङ्क बाहिर आउन नसकिरहेको हो । हाल मुलुकभर संक्रमितको संख्या सवा दुई सयको हाराहरीमा पुगिसकेको छ । संक्रमितको संख्या घटनुको सट्टा दिनप्रतिदिन बढ्दो क्रममा रहेको पाइएको छ । यीमध्ये पनि ३३ जना निको भएर घर फर्किसकेको बताइएको छ । संक्रमितको संख्या २ नम्बर र पाँच नम्बर प्रदेशसमा बढी देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x