Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमिटिरब्याजका साहु–महाजनलाई कारबाहीको माग गर्दै देशैभर संघर्षका कार्यक्रम

मिटिरब्याजका साहु–महाजनलाई कारबाहीको माग गर्दै देशैभर संघर्षका कार्यक्रम


काठमाडौं । मिटरब्याजी साहु–महाजनहरुलाई कारवाहीको माग राख्दै किसान–मजदुर संघर्ष समिति नेपालले पीडितको न्यायको लागि देशैभरीको जिल्ला कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ । समितिले उपत्यका कमाण्डको नेतृत्वमा काठमाडौं प्रमुख जिल्ला अधिकारीलाई आज(शुक्राबार) ज्ञापनपत्र बुझाउँदै गरिब, निमुखा, इमान्दार किसान–मजदुर र निम्न तथा मध्यम वर्गीय व्यावसायीहरुको हकहितको लागि संघर्ष जारी राख्ने जनाएको हो ।

काठमाडौँ उपत्यका समितिका अध्यक्ष अर्जुन राउतले मिटर ब्याज तथा ठगिविरुद्ध किसान मजदुर संघर्ष समिति देशका गरिब, निमुखा, इमान्दार किसान–मजदुर र निम्न तथा मध्यम वर्गीय व्यावसायीहरुका गौरवशाली संगठन भएकाले मिटर ब्याज साहु–महाजनबाट ठगिएका घरबारविहीन बनाईएकाको यस संगठनले करिब देशभरका ५५ प्रतिशत भूगोलमा संगठन विस्तार गर्दै निरन्तर संघर्ष जारि राखेको जानकारी गराएका छन् ।

समितिको ज्ञापनपत्रमा लामो संघर्षपश्चात बनेको अनुचित लेनदेन सम्बन्धि जाँचवुझ आयोगले प्रभावकारी रुपमा निष्पक्ष रुपमा पीडितका पक्षमा काम गर्न नसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा गरिएको मिटरब्याजी साहु–महाजन र पीडितबिचको छलफल क्रममा पनि पीडितले न्याय पाउनुको सट्टा मिटरब्याजी साहु पीडक पक्षधर बन्दै गएको संगठनले आरोप लगाएको छ ।

‘एकातिर राज्यले मिटरब्याज सुदखोर साहु महाजनलाई पक्राउपुर्जी बाड्दै हिडेको छ भने अर्कोतर्फ अनुचित लेनदेन आयोगमार्फत मेलमिलाप भनि हल्ला गर्दै हिँडेको छ । यतिबेला मिटर ब्याजीहरुले जबरजस्ती बैंक चेकमा हस्ताक्षर गर्न लगाई चेक जफत गरिलिने र मनपरी पैसा भर्ने साथै गुण्डा परिचालन गर्ने गरेको पाइएको छ ।’, ज्ञापनपत्रमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयको छलफलमा बस्ने सम्बन्धित निकायका प्रतिनिधिहरुलाई राज्यबाट नै दबाब र पीडक पक्षको प्रलोभनका कारण पनि छलफल पीडित पक्षधर हुन सकेको छैन । एकातिर पक्राउ पुर्जी काटेर त्रास फैलाउने, अर्कोतर्फ राज्यले पनि मिटर ब्याजीहरुनै संरक्षण हुनेगरी गरेको मेलमिलापको नाटकले धेरै पीडितहरु स्व निर्वासनमा जान बाध्य भएका छन् । नेपालमा रहेकाहरु पनि एउटा जिल्लाबाट अर्को जिल्ला गएर लुकेर बस्नु पर्ने, घरबारविहिन हुनुपर्ने तथा आत्माहत्या र गम्भीर मानसिक रोगको सिकार भएका छन्। यसर्थ हालसम्म अनुचित लेनदेन सम्बन्धि जिल्ला प्रशासन कार्यालयमा पिडितहरुद्वारा गरिएको निवेदन माथिको छलफल अन्तिम किनारा नलागेसम्म उक्त्त मुद्धामा परेका पक्राउ पुर्जी स्थगन गरि पीडितहरुलाई पक्राउ नगर्न यस जिल्ला प्रशासन कार्यालयले निर्देशन गर्नुहुन यस ज्ञापनपत्र मार्फत अनुरोध गर्दछौं ।’

संगठनले सरकारले यथासिघ्र अनुचित लेनदेनका दोषीहरुलाई पक्राउ गरि पीडितको न्यायप्रतिको भरोसा कायम राखिदिन माग राखेको छ । साथै, दर्ता गरिएको निवेदनमा पनि पक्राउ पुर्जी देखाई गैरकानुनी दबाबमा राखी मिटर ब्याजीहरुलाई नै संरक्षण हुनेगरी मेलमिलाप गराउने गरेको आरोप लगाउँदै मिटर ब्याज तथा ठगीविरुद्ध समितिले सशक्त प्रतिरोधसहित संघर्षका कार्यक्रममा उत्रने जानकारी गराएको छ ।

No description available.


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया