भूकम्पले करिब दुई करोड रकम बराबरको पशुपन्छीको क्षति
काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ । राससका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी एक करोड ९० लाख मूल्य बराबरको पशुपन्छी क्षतिको विवरण निकालेको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जाजरकोटमा सबैभन्दा धेरै पशुपन्छीको क्षति भएको बताए । उनका अनुसार उक्त क्षेत्रमा एक करोड सात लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दुबै जिल्लामा छ सय छ घाइते पशुको उपचारसमेत गरिएको छ भने जाजरकोटमा मात्रै पाँच सय ९२ पशुको उपचार गरिएको छ ।
उनका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण सुरु गरिएको छ । कृषि बाली तथा पशुपन्छी बीमा भएका कृषकको क्षतिपूर्ति दाबी बीमा कम्पनीबाट हुनेछ । विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक मापदण्ड बनाइने उनको भनाइ छ । प्रदेश तथा स्थानीय तहले पनि क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड बनाएको भन्दै प्रभावितलाई एकद्वार प्रणालीमार्फत सो प्रदान गरिने उनले जानकारी दिए ।
मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको थियो । भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको पशु चिकित्सक पूर्ण बुढाले जानकारी दिए ।
मन्त्रालयका पशुपन्छी अधिकृत पूर्ण बुढाका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा.लक्ष्मीनारायण दास नेतृत्वको टोली जाजरकोट, डा.राकेश प्रजापतिको नेतृत्वको टोली रुकुम पश्चिम पठाइएको छ ।
उक्त टोली प्रभावित क्षेत्रका पशुपन्छीको उपचारमा खटेको थियो । स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपन्छीको उपचारमा लाग्ने टोलीले जनाएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।
पशु सेवा विभागले प्रदेश मातहतका पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएको थियो । प्रभावित क्षेत्रमा पठाइएको टोलीले त्यहाँको सबै वस्तुस्थितिबारे बुझेर आवश्यक उपचार सामग्री माग गरेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिरियाली विद्रोहीले अलेपोको ‘धेरैजसो’ भाग नियन्त्रणमा लिएको दाबी
- नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ : मन्त्री अधिकारी
- राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओली बीच भेटघाट
- उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
- त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
- प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
- औषधी पसलेलाई वीर अस्पताल प्रवेशमा निषेध
- बिआरआईअन्तर्गत अनुदान उपयुक्त हुन्छ : सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया