सजिलो ब्रोकर लिमिटेडको प्रथम साधरण सभा सम्पन्न
काठमाडौं : सजिलो ब्रोकर लिमिटेडको प्रथम साधारण सभा आज कार्तिक २५ गते शनिवार सिद्धार्थ कटेज, धोविघाट, ललितपुरमा सम्पन्न भएको छ ।
साधारण सभाले शेयरधनी गोबिन्द शर्मा गैह्रेको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ। सञ्चालक समितिका अन्य पदाधिकारीहरूमा विपिन गैरे, दिपक ज्ञवाली, सुमन कुमार बोहोरा, सानुमैया महर्जन रहनुभएको छ ।
उक्त सभामा प्रथम वार्षिक साधारण सभाको लागि समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, सञ्चालक तथा लेखापरीक्षकको नियुक्ती र वार्षिक वित्तीय विवरण छलफल गरि प्रस्ताव पारित गरिएको छ भने संस्थाको पुजि वृद्धिको लागि आवस्यक प्रबन्ध पत्र नियमावली संसोधन गर्न संचालक समितिलाई सम्पुर्ण अधिकार दिएको छ ।
साथै अध्यक्ष गोबिन्द शर्मा गैह्रेले साधारण सभा सम्पन्न गर्न योगदान दिनुभएका सम्पुर्ण सेयरधनी सदस्यज्युहरु, संचालकज्युहरु, कर्मचारी ज्युहरु साथै शुभेच्छुक अतिथिज्युहरु सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
ब्रोकर कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आधिकारीक रुपमा सजिलो ब्रोकरलाई स्टक ब्रोकर नम्बर ९० को रुपमा सदस्यता पाएको हो ।कम्पनिले तिहार लगत्तै आफ्नो बिधिवत्त् रूपमा कारोबार सुभारम्भ गर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया