Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिरोमा पुरिएर जेसीबी चालकको मृत्यु

पहिरोमा पुरिएर जेसीबी चालकको मृत्यु


कालिकोट । शुभकालिका गाउँपालिका–१ कालेखोला नजिक कर्णाली करिडोरमा भे.१ क ८६७ नम्बरको जेसीबी पहिरोमा पुरिदा चालकको मृत्यु भएको छ । पचालझर्ना गाउँपालिका–८ बस्ने ३२ वर्षीय धिर बहादुर सन्ज्यालको मृत्यु भएको हो ।

करिडोरस्थित बाटो डबल कटिङ गर्ने क्रममा शुक्रबार दिउँसो पहिरो जाँदा जेसीबीसहित चालक पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोट र प्रहरी चौकी लालुखुलालुबाट खटिएको प्रहरीले जेसीबीद्वारा उद्धार गर्ने क्रममा च्यापिएको अवस्थामा शनिबार बिहान सन्ज्यालको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया