काठमाडौं । झापा र भोजपुरमा गरी दुई महिलाको आगलागीबाट मृत्यु भएको छ । ७५ वर्षीया दुई महिलाको घरमा आगलागी हुँदा र खाना पकाउने क्रममा मृत्यु भएको हो ।
झापास्थित अर्जुनधारा नगरपालिका–१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी उनका पति ७३ वर्षीय शिव कुमार राई घाइते भएका छन् । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड हुँदै थप उपचारको लागि शनिश्चरे अस्पताल पठाइएको छ । साथै आगलागीबाट घर पूर्णरुपमा जलेर करिब ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै, भोजपुरस्थित आमचोक गाउँपालिका–६ राधुन बस्ने ७५ वर्षीया लालमाया राईको आगोमा जलेर शुक्रबार राति मृत्यु भएको छ । आफ्नै घरमा तरकारी पकाउने क्रममा आगोमा जलेर उनको मृत्यु भएको हो । आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिरियाली विद्रोहीले अलेपोको ‘धेरैजसो’ भाग नियन्त्रणमा लिएको दाबी
- नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ : मन्त्री अधिकारी
- राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओली बीच भेटघाट
- उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
- त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
- प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
- औषधी पसलेलाई वीर अस्पताल प्रवेशमा निषेध
- बिआरआईअन्तर्गत अनुदान उपयुक्त हुन्छ : सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया