Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्पपीडितलाई साढे पाँच लाखबढीको सहयोग

नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्पपीडितलाई साढे पाँच लाखबढीको सहयोग


काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले भूकम्प पीडितको सहयोगार्थ पाँच लाख ५५ हजार पाँच सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघको तर्फबाट उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।

चेक हस्तान्तरणको अवसरमा संघका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषको लागि उक्त रकमको चेक हस्तान्तरण गरिएको संघले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया