बाँके । नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । राससले जनाएनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गएराति आगलागी भएको हो ।
राति करिब १२ बजेतिर लागेको आगो आज(बुधबार) बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ ।
आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको ट्रेडिङका सञ्चालक सुरेशकुमार शाहले बताए । उनका अनुसार गोदामभित्र रहेको ५० हजार ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टा बोरा, केही प्लाष्टिक बोरी र काठ जलेर नष्ट भएको छ ।
विद्युत्को बिजुली तार सर्ट भएर आगलागी भएको प्रहरी प्रवक्ता डाँगीले बताए । दुईवटा बारुणयन्त्र, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
- औषधी पसलेलाई वीर अस्पताल प्रवेशमा निषेध
- बिआरआईअन्तर्गत अनुदान उपयुक्त हुन्छ : सिंह
- किन स्थगित भयो राष्ट्रिय खेलकुद परिषद्को बैठक ?
- फर्जि कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको मुदामा अध्यागमन अधिकृतहरूले सफाइ
- बारमा वडा अध्यक्ष लगाएतका जनप्रतिनिधिहरुले पिडीतलाई मुद्दा फिर्ता लिन दवाव दिएको आरोप !
- (बीआरआई)मा सत्तासाझेदार कांग्रेस र एमालेबीच सहमति
- बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया