Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडिजेलमा पानी मिसाउने सिद्धार्थ फ्युल सेन्टरलाई कारबाही

डिजेलमा पानी मिसाउने सिद्धार्थ फ्युल सेन्टरलाई कारबाही


काठमाडौं,जेठ २
भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप दुई लाख जरिवाना गरिएको छ । गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गरी पम्प बन्द गरेका थिए ।

गुणस्तर विभागमा पठाइएको नमूना परीक्षणमा पानी मिसिएको भेटिएपछि उक्त सेन्टरलाई विहीबार उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप दुई लाख जरिवाना गरिएको हो । विभाग र आयल निगमले उक्त सेन्टरलाई छुट्टाछुट्टै कारबाही गर्नेछन् । बिहीबार नै सर्जिकल सामग्रीमा बढी मूल्य लिएको र अनुगमनका क्रममा खरीद बिल नदेखाएको भन्दै त्रिपुरेश्वरस्थित क्रान्ति सर्जिमेडलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x