Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ कोल्डाँडा बस्ने २२ वर्षीय कमल सुनारको करेन्ट लागेर मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा उनको शुक्रबार राति मृत्यु भएको हो ।

आफ्नै घरमा मल्टिप्लगमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट