Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरीद्वारा ठूलो परिणमको अवैध मदिरा नष्ट

प्रहरीद्वारा ठूलो परिणमको अवैध मदिरा नष्ट


बुटवल,जेठ २
कोरोना भाइरस संक्रमणमा लकडाउनको मौका छोपेर अवैधरूपमा मदिरा उत्पादन तथा बिक्री वितरण गर्नेविरुद्ध नवलपरासी प्रहरीले सक्रियता जनाएको छ । प्रहरीको उक्त सक्रियताले ठूलो परिणामको अवैध मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक तथा कार्यालय प्रमुख विरेन्द्र थापाका अनुसार प्रहरीले बरामद गरेको उक्त मदिरा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सीमावर्ती क्षेत्रमा बरामद गरिएको हो । प्रहरीले बरामद गरेको उक्त मदिरामध्ये चार सय ४० लिटर घरेलु मदिरा, दुई हजार पाँच सय सीसी सोफी, सुपर ग्रिन्नी पाँच सय ४० सीसी र स्टार १९ सय ३० सीसी रहेको छ । बरामद उक्त मदिरा जिल्ला प्रहरी कार्यालयको हाताभित्र खाल्डो खनेर नष्ट हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x