Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमोटरसाइकल वर्कसपमा आगलागी, १५ लाखको क्षति

मोटरसाइकल वर्कसपमा आगलागी, १५ लाखको क्षति


रूपन्देही । गैडहवा गाउँपालिका–८ मैनिहवास्थित मोटरसाइकल वर्कसपमा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । धनिराम थारूको घरको सटरमा सुरेन्द्र मल्लले संचालन गर्दै आएको उक्त वर्कसपमा विद्युत सर्ट भई आगलागी हुँदा वर्कसपमा रहेका विभिन्न सर–सामानहरू जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट