Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछठघाट बनाउने क्रममा पोखरीमा डुबेर युवकको मृत्यु

छठघाट बनाउने क्रममा पोखरीमा डुबेर युवकको मृत्यु


सर्लाही । छठघाट बनाई पोखरीमा नुहाउने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । सर्लाहीस्थित ईश्वरपुर नगरपालिका–७ पोखरीटोलस्थित पोखरीमा डुबेर सोही नगरपालिका–६ बस्ने २२ वर्षीय सन्तोष साहको आइतबार दिउँसो मृत्यु भएको हो ।

प्रहरीका अनुसार छठघाट बनाई पोखरीमा नुहाउने क्रममा डुबेको खबर थाहा पाउनासाथ ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि अमृत हेल्थ केयर प्रालि बयलबास पठाएइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट