Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलुखुम्बुमा ‘लकडाउन’ थप कडाइ

सोलुखुम्बुमा ‘लकडाउन’ थप कडाइ


महेन्द्र शाही
सोलुखुम्बु, जेठ ४
सोलुखुम्बुमा शनिबारबाट लकडाउनलाई थप कडाइ गरिएको छ । जिल्ला सदरमुकाम लगायतका क्षेत्रहरूमा लकडाउन फितलो भएको जनगुनासो आउन थालेपछि लकडाउनलाई थप कडाइ गरिएको हो । लकडाउनलाई कडाइ गर्नका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बु नै सडकमा उपस्थित भएका छन् ।

कोरोना संक्रमण रोक्नका लागि सरकारले अहिले लकडाउन घोषणा गरेको छ । तर, सोलुखुम्बुमा लकडाउन केही खुकुलो भएको गुनासो आइरहेको थियो । अहिले खाद्यान, उपचार र स्वास्थ्य सम्बन्धि सामग्री ल्याएका बाहेक सबै सवारीलाई रोक्न निर्देशन दिइएको लिम्बुको भनाइ छ । यो प्रहरी र सरकारका लागि नभई आफ्नै लागि हो भनेर मनन गर्न उनेले सबैलाई आग्रह गरेका छन् । शनिबारबाट अतिआवश्यक भएका पसलहरूबाहेक सबै होटल तथा पसलहरू पूर्णरूपमा बन्द गरिएको छ । बिनापासका सवारी सञ्चालनलाई पूरै बन्देज लगाइएको डीएसपी लिम्बुले बताए । प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार अहिले प्रहरीले सक्रियता बढाएको हो ।

यो संकटको अवस्थामा सबैको साथ आवश्य रहने देखिन्छ । सडकमा भेटिएका बिनापासका सवारी साधनहरूलाई नियन्त्रणमा लिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लामा बिनाप्रयोजनका सवारी साधनहरू सञ्चालन हुन थालेको तथा मानिसहरू सहजरूपमा आउजाउ गर्न थालिएपछि थप कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले सोलुखुम्बुले जनाएको छ । सरकारी कार्यालय तथा अन्य कार्यालय खुलेका कारण पनि चहलपहल बढेको स्थानीयले बताएका छन् ।

कार्यालय खुलेपछि सेवाग्राही आएकाले पनि कही मात्रामा चहलपहल बढेको स्थानीयकको भनाइ छ । अहिले जिल्लाभित्रका लागि मात्र प्रशासनले पास दिन पाइनेछ । अन्य पास गृह मन्त्रालयले नै जारी गर्नुपर्ने छ । शनिबार केही खाद्यान्नका पसलहरू खुला गरिए पनि आइतबारबाट निश्चित समय निर्धाण गरेर मात्रै पसलहरू खुल्न दिइने जनाएको छ । साथै शनिबारबाट गाउँगाउँमा समेत लकडाउनलाई थप कडाइ गर्न सम्बन्धित प्रहरीलाई निर्देशनसमेत दिइसकिएको डीएसपी लिम्बुले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x