बारा, पर्सा र बाँकेमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । बारा, पर्सा र बाँकेस्थित व्यापार व्यवसायसँग सम्बन्धित घर, गाडीमा आगलागी हुँदा विभिन्न धनमाल जेलेर नष्ट भएको छ । प्रहरीका अनुसार ती ठाउँका गोठ, गाडीलगायतमा मंगलबार आगलागी हुँदा धनमाल जेलेर लाखौँको क्षति भएको हो ।
बारास्थित महागढीमाई नगरपालिका–५ नगरदाहा टोल बस्ने भुलवान पाशवानको गोठ र सिरावान पाशवानको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँ बस्ने उमेश सराफ सुनारको घरसमेत गरी पाँच जनाको घरमा आगलागी हुँदा करिब दुई लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सास्थित पकहा मौनपुर गाउँपालिका–१ धोरेस्थित जगरनाथ साह सोनारको क्यान्टिनमा मंगलबार साँझ आगलागी हुँदा खुद्रा सामानहरु पूर्णरूपमा जलेर करिब एक लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै, बाँकेस्थित नेपालगंज उपमहानगरपालिका–१८ कारकाँदो गाउँस्थित सडकमा पार्किङ गरिराखेको सोही उपमहानगरपालिका–१८ बस्ने चित्र बहादुर हमालको ना.१ क ४२११ नम्बरको जेसिबीमा मंगलबार राति आगलागी हुँदा जेसीबीको सम्पूर्ण प्लास्टिकको भाग जलेर नष्ट भएको छ । सो आगलागीबाट भएको क्षतिको विवरण भने हाल खुलेको छैन् ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै सबै घटनासम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया