काठमाडौं । बुधबार सेयरबजारमा नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर एक हजार आठ सय ५० दशमलव ३३ विन्दुमा कायम भएकोे छ । कारोबारमा आएका दुई सय ३८ कम्पनीको सेयरमूल्य बढ्दा बजार सकारात्मक बनेको हो । बजार बढे पनि ४० कम्पनीका सेयरधनीले गुमाएका छन् भने तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले मंसिर महिनाका लागि ब्याजदर घटाए पनि मंगलबार बजार घटेपछि लगानीकर्ता निराश थिए । तर, बजारले फेरि एक पटक एक हजार आठ सय विन्दु नजिक झरेर माथि फर्किएको छ । लगानीकर्ताले एक हजार आठ सयको विन्दुलाई मनोवैज्ञानिक आधार विन्दु मान्दै आएका छन् । २०७८ माघ १० यता नेप्सेले सात पटकसम्म एक हजार आठ सयको विन्दुलाई परीक्षण गरेर माथि फर्किएको छ ।
सोमबारदेखि सरकारले अर्थतन्त्र सुधार्नका लागि भन्दै छलफल चलाएपछि लगानीकर्ता आशावादी बनेकाले बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरू बताउँछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार र मंगलबार विभिन्न सरकारी निकाय, निजी क्षेत्र र अर्थशास्त्रीहरूसँग छलफल गरेका थिए । बैठकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमा साँवाब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा नेपाल राष्ट्र बैंकमार्फत सहजीकरण गर्ने निर्णय गरेको थियो । यो निर्णयपछि सेयर लगानीकर्ता पनि मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले नीतिगत सहजता प्रदान गर्ने कुरामा विश्वस्त बन्दा बजारमा सकारात्मक प्रभाव परेको हुन सक्छ ।
बैठकमा सहकारी र लघुवित्तमा देखिएको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको र सरकारले सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत संस्थाको स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । यसरी सरकार अर्थतन्त्र सुधारका लागि सक्रिय हुन थालेपछि बजारमा सकारात्मक माहोल बनेको सेयर विश्लेषकहरूको भनाइ छ ।
बुधबार एक अर्ब आठ करोड ७० लाख रुपैयाँको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति एकै दिन ३१ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण २८ खर्ब ५२ अर्ब रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्डबाहेक सबै उपसमूह बढेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव ४९ प्रतिशतले बढेको छ । त्यसपछि जलविद्युत् दुई दशमलव ३६ प्रतिशत, उत्पादन तथा प्रशोधन एक दशमलव ८४, अन्य एक दशमलव ८४, फाइनान्स एक दशमलव ३१, निर्जीवन बीमा एक दशमलव २९, लगानी एक दशमलव २६, जीवन बीमा एक दशमलव १२, व्यापार एक दशमलव शून्य सात, लघुवित्र शून्य दशमलव ७२, बैंकिङ शून्य दशमलव २९ र विकिास बैंक शून्य दशमलव १७ प्रतिशतले बढेका छन् ।
क्याटेगोरी : शेयर बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया