Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको कारण थप एकको मृत्यु, दुई सय ९५ जना संक्रमित

कोरोनाको कारण थप एकको मृत्यु, दुई सय ९५ जना संक्रमित


काठमाडौं, जेठ ५
कोरोना भाइरस कोभिड–१९ बाट नेपालभित्र आइतबार थप एक व्यक्तिको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके जिल्लाको नरैनापुरको दीपेन्द्र माविमा क्वारेन्टाइनमा रहेका २५ वर्षका एक युवकको मृत्यु भएको हो । उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । उनको श्वासप्रश्वासमा समस्या आएपछि आइतबार बिहान ६ः४० बजे मृत्यु भएको हो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार बेलुकी ८ः५० बजे विज्ञप्ति प्रकाशित गरी सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको पुष्टि गर्दै नेपालमा कोरोनाको कारण मृत्यु भएको पहिलो घटना भएको बताएका थिए । उनको बिहीबार राति मृत्यु भएको थियो । अध्ययनमा समय लागेको कारण शनिबार मात्र मृत्यु भएको घोषणा मन्त्रालयले गरेको हो ।

बाँकेको क्वारेन्टाइनमा बसेका ती युवालाई श्वासप्रश्वासमा समस्या आएपछि एम्बुलेन्स खोजिए पनि पीपीई नभएका कारण एम्बुलेन्स चालक आउन नमानेपछि उनको उपचारको अभावमा मृत्यु भएको जनाइएको छ । कोरोना सङ्क्रमणबाट निधन भएका ती युवकको आइतबार अन्त्येष्टि गरिएको छ ।

सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ का २५ वर्षीय युवकको कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको हो । शव परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्परानुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार साँझसम्म कोरोना संक्रमितको संख्या दुई सय ९५ जना पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना लागेको पुष्टि भएको हो । धनकुटाका एक र मोरङका दुई जना महिलामा कोरोना लागेको पुष्टि भएको हो । शनिबार बिहानै रौतहटमा दश जनालाई कोरोना लागेको पुष्टि भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x