Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसवारी दुर्घटनाबाट सात जनाको मृत्यु

सवारी दुर्घटनाबाट सात जनाको मृत्यु


काठमाडौं । विभिन्न जिल्लामा गरि सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतहट, कपिलवस्तु, धनुषा, रुपन्देही, कास्कीलगायत जिल्लामा बिहिबार दुर्घटनाबाट सातको मृत्यु भएको हो ।

रौतहटस्थित राजपुर नगरपालिका–३ स्थित सडकमा बीआर ०५ एएक्स ८६६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत मोतिहारी थाना चिरैया बस्ने ४० वर्षीया शिवकली देवीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुस्थित यशोधरा गाउँपालिका–३ बहडिलवामा लु.४ त १२८० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने प्रेम कुमार कुर्मीको छोरा २ वर्षीय रुपेश कुर्मीको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

धनुषास्थित बटेश्वर गाउँपालिका–४ दराने टोलमा साईकलबाट लडेर क्षिरेश्वरनाथ नगरपालिका–३ पकडिया बस्ने ५३ वर्षीय सुर्य देव रायको बिहीबार दिउँसो मृत्यु भएको छ । साईकलबाट लडेर गम्भीर घाइते भएका उनको केसी अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहटस्थित गढिमाई नगरपालिका–४ संग्रामपुरस्थित सडकमा ना.३ त ६६६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने संजय राय यादवको छोरा ४ वर्षीय आशिक यादवको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थ ल्याण्ड हस्पिटल गरुडा हुँदै एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीस्थित देवदह नगरपालिका–४ सिंगहास्थित सडकमा लु.५ प २३२९ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–४ सोईया बस्ने ३६ वर्षीय ईश्वर सोमैको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भलुही मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

तनहुँस्थित म्यागदे गाउँपालिका–५ धारापानिस्थित सडकमा म.प्र.०३–०३०प ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल थाङदी खोलामा खसेर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार शुक्ला गण्डकी नगरपालिका–७ बस्ने २७ वर्षीय विनोद गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जि.पि कोईराला श्वास प्रश्वास उपचारकेन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई लेखनाथ सिटी अस्पताल पोखरा रिफर गरिएको छ ।

कास्कीस्थित पोखरा महानगरपालिका–५ मालेपाटनमा ग.१४प ९३३२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने खोटाङ बारापोखरी–३ घर भएका ५२ वर्षीय टंक बहादुर समालको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि फिस्टेल अस्पताल पोखरा पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्दार कार्य तथा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया