काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिले परराष्ट्र सचिव भरतराज पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज भएको सुनुवाइपछि सचिव पौड्याललाई उक्त पदमा अनुमोदन गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
त्यसअघि सचिव पौड्यालले आफ्नो कार्ययोजना समितिसमक्ष प्रस्तुत गर्नुको साथै सदस्यहरुका जिज्ञासाको जवाफ दिएका थिए । साथै, राससले जनाएनुसार राजदूतमा अनुमोदन भएका सचिव पौड्यालले नेपाल सरकारले आफूलाई सुम्पेको जिम्मेवारी इमान्दार र कर्तव्यनिष्ठ भएर पूरा गर्ने बताए ।
राससले जनाएनुसार मन्त्रिपरिषद्को हालैको बैठकले सचिव पौड्याललाई क्यानाडाका लागि राजदूत नियुक्ति गर्न सिफारिस गरेको थियो । संसदीय समितिले उनलाई अनुमोदन गरेसँगै नेपालको संविधानअनुसार राष्ट्रपतिले उक्त पदमा पौड्याललाई नियुक्त गर्ने छन् । त्यसअघि क्यानाडाबाट पौड्यालको नाममा नेपाल सरकारले सहमति प्राप्त गर्नु पर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया