सोलुखुम्बुमा १७१ मेगावाटको हाइड्रोपावर बन्ने
सोलुखुम्बु । निजी लगानीमा जिल्लामा एक सय ७१ मेगावाट क्षमताको दूधकोसी–६ जलविद्युत् आयोजना बन्ने भएको छ । नदी प्रवाही (आरओआर) सो आयोजना सगरमाथा हाइड्रोपावर कम्पनीले बनाउन लागेको हो ।
सरकारले सो कम्पनीलाई विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले छिट्टै विद्युत् उत्पादनको लाइसेन्स दिने कम्पनीले जनाएको छ । आयोजनाबाट २०८४ मंसिरदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य निर्माण कम्पनीको रहेको छ । कम्पनीले गरेको सम्भाव्यता अध्ययनअनुसार सो आयोजना बनाउन २९ अर्ब ६१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निर्माणका क्रममा आयोजनाको लागत केही कम हुने सम्भावना समेत रहेको छ । आयोजना बनाउन प्रतिमेगावाट १७ करोड रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ ।
आयोजनाको डिजाइन बहाव ५१ दशमलव ७५ घनमिटर प्रतिसेकेन्ड रहेको छ । यस्तै, हेड तीन सय ७६ मिटर अग्लो हुनेछ । आयोजनाबाट वार्षिक ९८ करोड ३९ लाख ३४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजनाको सबै संरचना दूधकोसी नदीको दायाँ किनारामा बनाउन प्रस्ताव गरिएको छ । पानी फर्काउने बाँधको लम्बाइ ३५.५ मिटर हुने कम्पनीले जनाएको छ । विद्युतगृह भुमिगत हुने भएको छ । विद्युतगृहमा ५८ मेगावाटका ३ वटा टवाईन जडान गरिने कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली २२० केभी प्रसारण लाइनबाट ६० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेशनमा जोडिने कम्पनीको भनाई छ ।
कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको पासङ्ग ल्हामु गाउँपालिका भएर बग्ने दुधकोसी नदीको पानी उपयोग गरि विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । यस्तै दुधकोसीमा नेपाल विद्युत प्राधिकरणले सवा २ खर्ब रुपैयाँ लगानीमा ६ सय ३५ मेगावाटको दुधकोसी जलासय बनाउन लागेको छ । पानी फर्काउने बाँधको लम्बाइ ३५.५ मिटर हुने कम्पनीले जनाएको छ । विद्युतगृह भुमिगत हुने भएको छ । विद्युतगृहमा ५८ मेगावाटका ३ वटा टवाईन जडान गरिने कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली २२० केभी प्रसारण लाइनबाट ६० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेशनमा जोडिने कम्पनीको भनाई छ ।
कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको पासङ्ग ल्हामु गाउँपालिका भएर बग्ने दुधकोसी नदीको पानी उपयोग गरि विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । यस्तै दुधकोसीमा नेपाल विद्युत प्राधिकरणले सवा २ खर्ब रुपैयाँ लगानीमा ६ सय ३५ मेगावाटको दुधकोसी जलासय बनाउन लागेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया