नेपालमा पहिलोपटक समलिङ्गी विवाहले पायो सरकारी मान्यता
पोखरा । लमजुङस्थित दोर्दी गाउँपालिका–२ मा पहिलोपटक समलिङ्गी विवाहको दर्ता भएसँगै नेपालमा पहिलोपटक समलिङ्गी विवाहले सरकारी मान्यता पाएको छ । पालिकाका सूचना अधिकारी भीमप्रसाद लामिछानेका अनुसार राष्ट्रिय पञ्जीकरण विभागको निर्देशनअनुसार दोर्दी २ मा विवाह दर्ता गरिएको हो । सोही विवाहलाई पालिकाले दर्ता गरेसँगै नेपालमा पहिलो पटक समलिङ्गी विवाहले सरकारी मान्यता पाएको हो ।
सूचना अधिकारी लामिछानेले भने, ‘उहाँहरू पहिले पनि आउनुभएको थियो । समलिङ्गी विवाह दर्ताको कानुन छैन भनेर फर्कायौँ । पछि मन्त्रालय, विभागमा पुग्नुभएछ । विभागको पत्र पाएपछि दर्ता गरिएको हो ।’ सर्वोच्च अदालतले पनि समलिङ्गी विवाह दर्तामा अवरोध नगर्न आदेश दिएको थियो ।
दोर्दी गाउँपालिका वडा नम्बर २ का रामबहादुर गुरुङ (माया) र नवलपुरको कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेबीच विवाह भएको हो । अड्डा अदालत धाउँदा धाउँदा हैरान भएको बताउने सुरेन्द्रले निकै संघर्षबाट पहिलोपटक विवाह दर्ता प्रमाणपत्र पाउँदा खुसी लागेको बताए । दुई वर्षसम्म प्रेम सम्बन्धमा रहेका उनीहरुले २०७४ सालमा सामाजिक परम्पराअनुसार नै विवाह गरेका थिए । बेहुली मायाका अनुसार परिवारलगायत सबैले आफूहरुको विवाहलाई थुनछेक नगरेकाले पार्टी प्यालेसबाट भव्य रूपमा विवाह गरेको बताइन् । अब समलिङ्गी तेस्रोलिंगीका लागि विवाहको बाटो खुलेको उनले बताइन् । सरकारी तवरबाट पनि धेरै सहयोग पाएको मायाको भनाई छ । आगामी दिनमा दुबै जनाले आफूले खोलेको संस्थामार्फत वैवाहिक समानताका लागि लड्ने र अभियान चलाउने योजना बनाएको बताएका छन् ।
विभागले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी अभिलेख रहने गरी उनीहरुको विवाह दर्ता गर्न निर्देशन दिएको थियो । सोहीअनुसार अस्थायी अभिलेख रहने बताउँदै लामिछानेले भने, ‘यसअघि विवाह दर्ताको किताब जसरी राखिएको छ, त्यसैगरी सुरक्षित राख्छौँ । विभागले अस्थायी अभिलेख भनेकोले प्रमाणपत्रमा अस्थायी अभिलेख लेखिएको छ ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया