Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमित तीन सय ७५ पुगे

कोरोना संक्रमित तीन सय ७५ पुगे


काठमाडौं, जेठ ६
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारीअनुसार सोमबार राति सवा दश बजेसम्म संक्रमितको संख्या तीन सय ७५ पुगेको छ । सरकारले कोरोना परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढेको हो ।

सोमबार मात्रै ८० जना नयाँ संक्रमित फेला परेका हुन् । आइतबार रातिसम्म दुई सय ९५ जना मात्र संक्रमित थिए । सोमबार बिहानदेखि थप संक्रमितको विवरण आउन थालेको थियो । सोमबार बिहान एकै पटक नौ जनामा संक्रमण भएको पुष्टि भएको थियो । तीमध्ये आठ जना रौतहटका र एक जना बाराका थिए ।

यस्तै, दिउँसो थप ५३ जनामा कोरोना देखिएको थियो । तीमध्ये ४७ जना बाँकेका थिए भने एक जना गुल्मीका थिए । अन्यमा धनुषा, रौतहट र दाङका थिए । सोमबार नै झापा र मोरङका पनि एक/एक जनामा कोरोना देखिएको थियो । नेपालमा कोरोनाको कारण दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर फिर्ता भएका छन् ।

बाँकेको नरैनापुरमा सोमबार भेटिएका ४७ सङ्क्रमितलाई नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिने भएको छ । एकै पटक ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेपछि नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको सुविधायुक्त भवनलाई आइसोलेसन अस्पतालका रुपमा सञ्चालन गरिन लागिएको हो ।

भारतबाट आएर नरैनापुरको विभिन्न क्वारेन्टाइनमा रहँदै आएका एक महिलासहित ४७ जनामा सोमबार कोरोना पुष्टि भएको हो । यसअघि नेपालगञ्जमा फेला परेका सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा तथा नरैनापुरका आठ जनालाई दाङ पठाइएको छ । बाँकेमा प्रदेश सरकारले खजुरामा स्थापना गरेको कोरोना विशेष आइसोलेसन अस्पतालमा बाँकेका २५ र बर्दियाका एक गरी २६ जनाको उपचार हुँदै आएको छ ।

भारतबाट भित्रिए ७ सय ५८ नेपाली : नेपाल–भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७ सय ५८ जना नेपाल भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ । कैलाली र कञ्चनपुरका सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको तथा डोटीका १२ र बझाङका चार जना धनगढीस्थित क्वारेन्टाइनमा राखिएका छन् । उनीहरु यही जेठ २ र ३ गते नेपाल भित्रिएका हुन् ।

सीमाबाट आउनेलाई गौरीफण्टामा स्वास्थ्य परीक्षणपछि मात्रै स्थानीय पालिकामा पठाउन थालिएको छ । यसअघि भारतमा क्वारेन्टाइनमा राखिएका नेपालीलाई भारतले भारतीय सीमासम्म पु-याउने व्यवस्था गरेको छ भने नेपालका क्वारेन्टाइनमा रहेका भारतीयलाई भारत फर्काउन थालिएको छ । नेपाल–भारत सीमामा दर्जनौंँ नाका भए पनि हाल धनगढी मात्र खुला रहेको छ । धनगढी त्रिनगर भन्सारपछिको दैनिक हजारौंँ मानिस ओहोरदोहोर हुने नाका खक्रौला थियो । लकडाउन लम्बिँदै जाँदा खक्रौला नाका पनि बन्द छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x