काठमाडौं । विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति भएको छ । काठमाडौं, गोरखा र नुवाकोटमा शुक्रबार आगलागीबाट धनमाल नष्ट हुनुको साथै लाखौंको क्षति भएको हो ।
गोरखा नगरपालिका–७ सिटीहलस्थित गोरखा सप्लार्यस किताब गोदाममा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा गोदाम पूर्णरूपमा जलेर करिब ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नुवाकोटस्थित बेलकोटगढी नगरपालिका–४ बडारे बस्ने ३९ वर्षीय ईन्द्र बहादुर तामाङको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब सात लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौं महानगरपालिका–१४ बल्खु सुकुम्बासीस्थित पर्सा वीरगंज घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ३४ वर्षीय पप्पु कुमार गुप्ताको सनम प्लास्टिक कारखाना नाम गरेको कवाडी गोदाम र कपडा पेलेर रूवा बनाउने गोदाममा करेन्ट सर्ट भई गएराति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया