Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड–१९ का कारण वस्तुु तथा सेवाको आयात खुुम्चियो

कोभिड–१९ का कारण वस्तुु तथा सेवाको आयात खुुम्चियो


सुरेश राउत
काठमाडौं, जेठ ६
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण देश पूर्णरुपमा लकडाउनमा जाँदा मुुलुकको आयात निर्यात दुुवैमा संकुुचन आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार यस अवधिमा मुलुकमा वैदेशिक व्यापारमा संकुुचन देखिएको हो ।

राष्ट्र बैंकका अनुसार चालू आवको नौ महिनामा कुल वस्तु आयात सात दशमलव पाँच प्रतिशतले घटेर नौ खर्ब ८२ अर्ब ५३ करोड कायम भएको छ । यस अवधिमा कुुल वस्तु निर्यात भने १२ दशमलव नौ प्रतिशतले बढेर ७८ अर्ब ८२ करोड पुगेको छ । सोही आधारमा चालू आवको पछिल्लो नौ महिनामा मुुलुकको कुल वस्तु व्यापारघाटा आठ दशमलव नौ प्रतिशतले संकुचन भई नौ खर्ब तीन अर्ब ७२ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २१ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यातआयात अनुपात आठ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दशमलव छ प्रतिशत रहेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१ दशमलव तीन प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा अन्य मुलुकबाट भएको आयात तीन दशमलव एक प्रतिशतले बढ्दा भारत तथा चीनबाट भएको आयात क्रमशः १२ दशमलव तीन प्रतिशत र एक प्रतिशतले घटेकोे राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मुुलुकको कुल वस्तुु निर्यात १७ दशमलव सात प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ २५ दशमलव चार प्रतिशतले निर्यात बढ्दा चीन तथा अन्य मुलुकतर्फ क्रमशः २८ दशमलव एक प्रतिशत र सात दशमलव पाँच प्रतिशतले निर्यात घटेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो नौ महिनामा वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडीबुटी, दन्त मन्जनलगायतका वस्तुको निर्यात बढ्दा जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैंचालगायतका वस्तुको निर्यात घटेको छ ।

यसैगरी वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढ्दा पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, सिमेन्टलगायतका वस्तुको आयात घटेको राष्ट्र बैकले जनाएको छ । निर्याततर्फ वीरगञ्ज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको राष्ट्र बैंकले जनाएको छ ।

खुुद सेवा आय चार अर्ब ५९ करोडले घाटामा : खुुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा खुद सेवा आय चार अर्ब ५९ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय नौ अर्ब ६२ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत भ्रमण आय समीक्षा अवधिमा शून्य दशमलव छ प्रतिशतले बढेर ५५ अर्ब ७६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५५ अर्ब ४३ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २६ दशमलव चार प्रतिशतले घटेर ५० अर्ब २२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय २४ अर्ब ६५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६८ अर्ब २६ करोड रहेकोमा शिक्षातर्फको व्यय ३५ अर्ब ४४ करोेड रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x