अनलाइन कक्षाका नाममा निजी विद्यालयद्वारा मनपरी शुल्क असुली
विराटनगर, जेठ ६
सरकारको निर्देशनविपरीत विराटनगरमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालनको नाममा अभिभावकबाट मनपरी शुल्क उठाइरहेको पाइएको छ । देश गत चैत ११ गतेदेखि कोभिड–१९ को महामारीबाट लकडाउनमा गएपछि सरकारले वैशाख २२ गते परिपत्र नै जारी गरी आनलाइन कक्षा सञ्चालनको नाममा विद्यार्थीको अभिभावकसँग रकम नलिन सबै विद्यालयहरूलाई निर्देशन दिइसकेको छ ।
साथै लकडाउनको अवधिमा भर्ना शुल्कलगायत कुनै पनि किसिमको रकम अभिभावकसँग माग नगर्न समेत सबै विद्यालयहरूलाई परिपत्र गरिसकेको छ । तर, विराटनगरमा खुलेका मन्टेश्वरी कक्षादेखि केही विद्यालयहरूले खुलेआम अनलाइन कक्षा सञ्चालनका नाममा अभिभावकहरूसँग मनपरी पैसा असुली गर्न थालेको अभिभावकहरूको गुनासो छ । सरकारले दिएको उक्त निर्देशन विराटनगरका ठूला निजी विद्यालयबाटै उल्लंघन भएको छ ।
विराटनगरको लिलिपुट(मन्टेश्वरी) स्कुलले विद्यार्थीको अभिभावकसँग अनलाइन कक्षा सञ्चालनको लागी १२ हजार पाँच सय रूपैयाँ अग्रिम माग गरेको छ । लिलिपुटसँगै युरोकिड्स एवं किड्स भिलेज विद्यालयले पनि विद्यार्थीका अभिभावकहरूसँग पैसा माग गर्न थालेपछि अहिले अनलाइन कक्षाका नाममा विद्यालयहरूले शुल्क उठाइरहेको रहस्य खुलेको हो ।
पछिल्लो समय अरु विद्यालयहरूले पनि विध्द्यार्थी भर्नाको लागि अभिभावकलाई पटक–पटक ताकेता गरिरहेको अभिभावकहरूबाट गुनासो आउन थालेको छ । विद्यायहरूले ह्वाट्सएपमार्फत विभिन्न शीर्षकमा विद्यार्थीको अभिभावकसँग पैशा माग गरिरहेका छन् । लिलिपुट स्कुलका सञ्चालक चिरञ्जीवी तिम्सिना रहेका छन् । सरोकारवाला पक्षसँग छलफल समेत नगरी कक्षा सञ्चालन गर्न लागेपछि विद्यार्थीको अभिभावक समेत विद्यालयसँग अहिले रुष्ट बनेका छन् ।
सरकारले विद्यालयहरूलाई गरेको परिपत्रमा तत्काल विद्यार्थी भर्ना नलिन तथा कुनै पनि नाममा अभिभावकसँग शुल्क नलिन निर्देशन दिइएको छ । नियमन गर्ने अधिकार पाएको विराटनगर महानगरपालिका भने उक्त विषयमा बेखबर र मौन बसेको छ । विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडाले हालसम्म त्यस्तो कुनै पनि खालको गुनासो नआएको बताए । अहिले विराटनगरमा नै सञ्चालन भएका युरोकिडसका सञ्चालक राजलक्ष्मी गोल्छा र किटस भिलेजका सञ्चालक पकज जैनले पनि बच्चाको भर्ना गर्नलाई अभिभावकमा दबाब दिइरहेको पाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया