Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन

सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन


काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक सोरुम सातदोबाटो नेपाली जुत्ताघर सञ्चालनमा आएको छ ।

यस सामूहिक सोरुमको एक कार्यक्रमका बीच बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरेका छन् । कार्यक्रममा उनले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नितिगतरूपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका निभाउने बताए । साथै, उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिकरूपमा योगदान दिएको बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरूको उपस्थिति रहेको थियो । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक सोरुम अवधारणअन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाँचौँ सोरुम हो । यसअघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामूहिक सोरुमको उद्घाटन गरिसकेको छ ।

यस सोरुममा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रूचि र चाहनाअनुरूपका उत्पादन बजारमा ल्याउन सहज हुने उद्योगीहरूको विश्वास रहेको छ । साथै, विभिन्न व्यापारिक च्यानलमार्फत बजारमा उत्पादन पठाउँदा वस्तुको मूल्य वृद्धि हुने र यसले उत्पादक र उपभोक्ता दुवै पक्ष मारमा पर्ने भएकाले सामूहिक सोरुमको यस अवधारणअन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरू प्राप्त गर्ने बताइएको छ । सातदोबाटो नेपाली जुत्ता घरमा बीएफ डियर हिल र बीएफ स्पोट, रोयल सुज, फस्टवाक सुज, क्रस रोड सुज, डीजे सुज, कोसेली छाला जुत्ता, रन सुज र स्मार्ट सुज गरी आठवटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया