मानवअधिकार आयोगका कर्मचारीबीचको विवादले लियो उग्ररुप
काठमाडौं । यतिबेला राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीचको विवादले उग्ररुप लिएको छ । सचिव नियुक्तिको विषयलाई लिएर सुरु भएको विवादले उग्ररुप लिएपछि आयोगले सो सम्बन्धमा प्रेस–विज्ञप्ति नै निकाल्नु परेको छ ।
आयोगका सदस्य मिहिर ठाकुरले आयोगका अरु पदाधिकारी र कर्मचारीहरुमाथि विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा टीकाटिप्पणी गरिरहेका छन् । सचिव नियुक्तिका बेलामा सुरु भएको विवाद उत्कर्षमा पुगेपछि सदस्य ठाकुरले जथाभावी अभिव्यक्ति दिने र अरु सदस्यहरुले प्रतिवाद गर्ने अवस्था आएपछि अहिले त्यसको प्रतिवादमा आयोगका अध्यक्ष तपबहादुर मगरले विज्ञप्ति नै निकालेर ठाकुरको घृणायुक्त अभिव्यक्ति आचारसंहिता विपरीत भएको उल्लेख गरेका छन् । आयोगमा सामान्य मतभेदले पछिल्लो सयम उग्ररुप लिएपछि सामाजिक सञ्जालमा नै छरपस्ट हुने गरी आक्रोश व्यक्त भइराखेका छन् ।
आयोगको रिक्त सचिव पदमा हालका कामु सचिव मुरारीप्रसाद खरेल, बाग्मती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारी र प्रवक्ता डा.टीकाराम पोखरेल आकांक्षी छन् । छनौटका लागि विभिन्न आधार तय गरिएकोमा यज्ञप्रसाद अधिकारी र डा.टीकाराम पोखरेलले लेख रचना प्रकाश र शोधमा बढी अंक ल्याए । प्रस्तुतीकरण र अन्तर्वार्तामा कामु सचिव खरेलले बढी अंक ल्याए । समग्रमा सहसचिव अधिकारी र खरेलको बराबरी प्राप्तांक भएपछि कार्यदलले खरेलकै नाम सिफारिस गरेको छ ।
त्यसप्रति असन्तुष्ट दुई प्रतिस्पर्धीहरुले मानवअधिकार आयोगकै बोर्ड, प्रधानमन्त्री कार्यालय लगायतका निकायमा उजुरी दिएका छन् । सबै कुरा प्रक्रियासम्मत चल्दै गएको बेलामा सदस्य ठाकुरले यसलाई सचिव बनाउनुपर्छ, यसलाई हुँदैन भन्दै सार्वजनिक अभिव्यक्ति दिनथालेपछि अहिले सार्वजनिक रुपमा नै आरोप प्रत्यारोप हुन थालेको हो ।
केही सातादेखि आयोगका काम कारवाही, पदाधिकारी र कर्मचारीहरुमाथि निरन्तर आक्रोश पोखेका ठाकुरले त्यहाँभित्र चरम बेथिती रहेकाले आफूले आवाज उठाएको प्रतिक्रिया दिएका छन् । उनले आयोगभित्र रहेका भ्रष्ट तत्वहरु विरुद्ध आवाज उठाएको र लोकसेवा आयोगका अध्यक्षले कर्मचारी नियुक्ति गैरकानुनी भइराखेको छ भनेकाले आवाज उठाएको बताएका छन् । उनले आयोगका कामू सचिव खरेलको बर्खास्ती हुनुपर्ने भनी सामाजिक सञ्चालमा आक्रोश पोखेका छन् भने केही कर्मचारीहरुको नाम लिएर यौन दुव्र्यवहारमा संलग्न भएको आरोप लगाएका छन् ।
सदस्य ठाकुरले चर्को अभिव्यक्ति दिन थालेपछि आयोगभित्र गठन भएको कर्मचारी क्लबले भेला गरेर सदस्य ठाकुरको कार्यकक्ष नै तालबन्दी गर्ने निर्णय गरेको थियो । क्लबमा आवद्ध कर्मचारीहरुले सदस्य ठाकुरको कार्यकक्षमा १५ मंसिरमा तालाबन्दी गरे । उनले माफी नमागेसम्म कार्यकक्षमा पस्न नदिने चेतावनी दिएका छन् । त्यसको प्रतिक्रियास्वरुप सदस्य ठाकुरले कार्यकक्ष बाहिर टाँसिएको विज्ञप्तिको फोटो खिचेर सामाजिक सञ्जालमा राखिदिए अनि ‘भ्रष्ट प्रवृत्तिलाई संरक्षण गर्न खोजिएको’ भनी प्रतिक्रिया लेखे ।
आइतबार मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सदस्य ठाकुरको भनाइमा विश्वास नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका हुन् । ठाकुरको अभिव्यक्तिले आयोगका पूर्वपदाधिकारी, कर्मचारीको गरिमा र मर्यादामा असर परेको उनले उल्लेख गरेका छन् । आयोगका एक कर्मचारीका अनुसार सदस्य ठाकुरलाई बोलाएर सम्झाउँदा समेत संयमित नभएपछि आयोगका अध्यक्षले विज्ञप्ति निकालेका हुन् ।
अध्यक्ष मगरले ठाकुरको अभिव्यक्तिबाट मानवअधिकारकै उल्लंघन भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । ठाकुरले व्यक्त गरेका अपुष्ट विवरणबाट भ्रममा नपर्न आग्रह गरेका छन् । ‘पछिल्लो समय आयोगका कर्मचारीलाई लक्षित गरी आएका अपुष्ट विषयवस्तु र शब्दहरुलाई मानवअधिकारमैत्री मान्न सकिंदैन । यसबाट संविधानले परिकल्पना गरेको उच्च नैतिक चरित्रमा ह्रास आउनुका साथै मानवअधिकार आयोगको आचारसंहिताको समेत पालना हुनसकेको देखिएन’, विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाद्वारा निःशुल्क खाद्यान्न वितरण
- ज्योति विकास बैंकका ग्राहकलाई इ–रिभल्भिङ इन्डियन कुजाइन रेस्टुरेन्टमा छुट
- जीवन विकास लघुवित्तको नाफा नौ करोड ९३ लाख
- एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक
- एसिया र विश्वकप यो हातले उचाल्नु छ: कप्तान महतो
- मेलम्चीको पानी बागमती नदीमा छाडियो
- बौद्धिक पलायन रोक्न विद्यालयदेखि नै सीपमूलक शैक्षिक कार्यक्रम आवश्यक: अध्यक्ष दाहाल
- छन्दुस्थित महावाणिज्य दूतावासमा परराष्ट्रमन्त्री डा. राणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया