काठमाडौं । अवैधरूपमा औषधी बिक्री वितरण गर्ने लाइफ केयर फर्मामा प्रहरीले सिलबन्दी गरेको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित आदर्शनगर चोक नजिक रहेको लाइफ केयर फर्माले अवैधरूपमा औषधी बिक्री वितरण गर्ने गरेको फेला परेकाले सो पसलमा सिलबन्दी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कपन एरियामा रहेका औषधी पसलहरूमा नियन्त्रित लागुऔषधको कारोबार भइरहेको भन्ने सूचना तथा जनगुनासोको आधारमा प्रहरीले मंगलबार दिउँसो प्रहरी प्रभाग कपनको समन्वयमा औषधी व्यवस्थापन विभाग, स्थानीय जनप्रतिनिधि र स्थानीय बासीहरूको उपस्थितिमा कपन एरियामा रहेको चारवटा औषधी पसलहरूको अनुगमन गरेको थियो । अनुगमनको क्रममा लाइफ केयर फर्माले अवैधरूपमा औषधी बिक्री वितरण गर्ने गरेको फेला परेको हो । उक्त औषधी पसलबाट एसके–वाईआईएमई २०० २३ ट्याबसहित ३६ प्रकारका औषधीहरू समेत औषधी व्यवस्था विभागले बरामद गरेको छ । यस्तै, अन्य तीन मेडिकलहरू ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सूर्याम्स फार्मेसीलाई सचेत गराइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया