Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरको कवाडी पसलको आगलागीबाट तीनको मृत्यु, तीन जनाको उपचार हुँदै

विराटनगरको कवाडी पसलको आगलागीबाट तीनको मृत्यु, तीन जनाको उपचार हुँदै


मोरङ । विराटनगर महानगरपालिका–७ सात घुम्तिस्थित कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने ४० वर्षीय दिपक मण्डल, सोही महानगरपालिका–६ बस्ने ६५ वर्षीया सुनिता कामत र ५५ वर्षीया सुशिला पासवान रहेका छन् ।

आगलागीमा परी सुशिला पासवानको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएका दिपक मण्डलको न्यूरो अस्पताल र सुनिताको बर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको हो । आगोले जलेर घाइते भएका अन्य तीन जनाको बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ ।

उक्त आगलागीबाट अन्जुला कवाडी र रिया ट्रेडर्सको कवाडीको सामान जलेर करिब २५ लाख रूपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, सोही ठाउँस्थित नरेश राठी र महेश राठीको घरकोठामा रहेको एसी मेसिन १० थान, झ्यालको पल्ला, ट्वाईलेटको सरसामान जलेर करिब १५ लाख गरी करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दालगायत दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया