पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
काठमाडौं । पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस भएका शनिल नेपालको संसदीय सुनुवाइ शुक्रबार हुने भएको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने भएको हो ।
समितिका सभापति जबराले आज नेपालविरुद्ध एक उजुरी परेको जानकारी दिँदै सुनुवाइ भोलि २:३० बजेका लागि तय भएको जानकारी दिए ।
बैठकमा मुलुक आर्थिक सङ्कटमा परिरहेको अवस्थामा के कारणले त्यहाँ दूतावास खोल्नुपरेको हो सोको कारणबारे समितिका सदस्य महेश बर्तौलाले सरकारका तर्फबाट जानकारी गराउनुपर्ने माग गरेका थिए । त्यस्तै, सोही विषयमा समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विषयमा परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर छलफल गर्नुपर्ने बताएका थिए ।
उक्त विषयलाई लिएर समितिका सभापति जबराले राजदूतको सुनुवाइ हुनुभन्दा अगाडि परराष्ट्रमन्त्रीलाई बोलाएर उक्त विषयमा जानकारी लिने बैठकमा बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- देशभरको मौसम सफा रहने पूर्वानुमान
- ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
- मौन अवधि सुरु, के गर्न पाइँदैन ?
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया