त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र बहादुर घले पक्राउ परेका छन् । फ्लाई दुबईको उडानमार्फत् बिहीबार राति काठमाडौं उत्रिएका उनलाई भन्सारको टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट दुई केजीका दरले सात वटा विस्कुट बरामद भएको थियो । उनले सर्टभित्र लगाएको स्टकोर्टमा उक्त सुन लुकाएर ल्याएका थिए । चन्द्र डेढ हप्ता अघि मात्र दुबई गएका थिए । एक वर्षमा तीन पटक दुबई गएको प्रहरी स्रोतले बताएको छ ।
घले ठूलो परिमाणमा सुनसहित नेपाल आउन लागेको भन्ने पूर्व सूचनाका आधारमा भन्सारले निगरानी बढाएको थियो । घले बुधबार नै काठमाडौं आउने भन्ने सूचनाका आधारमा निगरानी गरिएको थियो । तर उनी बुधबार आएनन् । बिहीबारसम्म निगरानी जारी राखिएको अवस्थामा भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो ।
घले पक्राउ परेपछि उनको कल डिटेल लगायतको परीक्षणपछि बिहीबार राति नै थप एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अर्का व्यक्ति गोरखा नै घर भएका मिनबहादुर घले रहेका छन् । काठमाडौंको धुम्बाराही बस्दै आएका मिनबहादुरलाई प्रहरीले बिहीबार राति नै पक्राउ गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- देशभरको मौसम सफा रहने पूर्वानुमान
- ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
- मौन अवधि सुरु, के गर्न पाइँदैन ?
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया