Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंसद सचिवालयका महासचिव गौतमद्वारा राजीनामा, पौडेल महासचिवमा सिफारिस

संसद सचिवालयका महासचिव गौतमद्वारा राजीनामा, पौडेल महासचिवमा सिफारिस


काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा.भरत गौतमले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका थिए ।

उनको राजीनामाको कारण प्रष्ट पारिएको छैन । उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेलसँग छलफल समेत गरेका छन् ।

यसैबीच संघीय संसदका सचिव रहेका पदम प्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस भएको छ । सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले आज राष्ट्रपति पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

हालका महासचिव डा.गौतमलाई राजीनामा गराएर पाण्डेलाई नियुक्तिको सिफारिस गरिएको हो । गौतमको कार्यकाल आगामी भदौमा सकिदैछ । स्रोतका अनुसार राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको र अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने भएकाले त्यसअघि नै एमालेनिकट गौतमलाई राजीनामा गराएर आगामी ५ वर्ष पाण्डेलाई महासचिव बनाउन लागिएको हो । पाण्डेलाई नायव महान्यायाधिवक्ताबाट राजीनामा गराएर प्रतिनिधिसभाको सचिव नियुक्त गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया