छुट्टाछुट्टै सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै स्थानमा गरी सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कास्की, मोरङ, धनकुटा, नवलपरासीमा सवारी दुर्घटनाबाट आइतबार पाँचको मृत्यु भएको हो ।
कास्कीस्थित पोखरा महानगरपालिका–२६ सुन्दरीबजारस्थित सडकमा बीएए ००४१ नम्बरको कारले ग.१३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको आइतबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही महानगरपालिका–२५ हेम्जा बस्ने २३ वर्षीया अनिशा खड्का र सोही महानगरपालिका–५ जिरो बस्ने २४ वर्षीया भावना बराल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी अनिशाको पश्चिम क्षेत्रीय अस्पताल पोखरा र भावनाको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङस्थित बुढिगंगा गाउँपालिका–५ बुढिखोला पुलस्थित सडकमा को.२६ प ७६३४ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी बर्जु गाउँपालका–२ बस्ने २५ वर्षीय अजय चौधरीको आइतबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका–४ पिडरीस्थित सडकमा लु.४ त ५५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने २४ वर्षीय विशाल प्रजाको घटनास्थलमै मृत्यु भएको छ ।
धनकुटास्थित पाख्रीवास नगरपालिका–५ पन्चेभिरस्थित सडकमा प्रदेश १–०२–००३ त १६६३ नम्बरको ट्याक्टर बेक्र फेल भई सडकबाट करिब दुई सय ५० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा चालक तेह्रथुम छथर गाउँपालिका–१ बस्ने २८ वर्षीय दुर्गा बहादुर विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको धरान घोपामा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया